दुई करोड लगानी गरेर पशुपालन

काठमाण्डु टुडे २०७० फागुन २९ गते १०:५६ मा प्रकाशित

cooperatives-cowsकावासोती, २९ फागुन – यहाँका एक पशु स्वास्थ्य कार्यकर्ताले दुई करोडको लागतमा पशुपालन थालेका छन् । जागिरे जीवनसँगै रामदेव महासेठले दुम्कीबासमा गाई र बाख्रापालनमा लगानी गरेका हुन् ।

डेढ वर्षअघि उन्नत घाँसका आधारमा पशुपालन थालेका महासेठ पशु स्वास्थ्य कार्यकर्तासँगै असल पशुपालक भनेर जिल्लामा चिनिन्छन् ।

महोत्तरी घर भएका महासेठ १५ वर्षदेखि जिल्ला पशु सेवा कार्यालयमा कार्यरत स्वास्थ्य प्राविधिक हुन् । राजमार्गको नजिकै त्यसमा पनि काठमाडौँ, नारायणगढ, बुटवल र पोखराजस्ता बजारमा उत्पादन सजिलै पु¥याउनसक्ने भएकाले पशुपालनतर्फ आकर्षित भएको उनले बताए ।

पौने दुई कट्ठा क्षेत्रफलमा फैलिएको गोठमा ४५ गाई छन् । १६ वटा दुहुना गाईबाट २०० लिटर दूध दैनिक बजारमा बिक्री हुन्छ ।

पार्वती डेरी फर्म दर्ता गरी विधिवत् रूपमा पशुपालन थालेका महासेठले पशु आहारका लागि २० हेक्टर जग्गामा बहुबर्खे घाँसखेती ९५ कट्ठामा घाँस बीज लगाएका छन् । ९० लाखमा जग्गा खरिद गरेर पशुपालन थाल्नुभएका उहाँले भौतिक पूर्वाधार र बाख्रा खरिद गरी झन्डै दुई करोड लगानी भएको बताए ।

खसीको मासुका लागि भारतको भरपर्ने अवस्थामा कम गर्न उहाँले बाख्रापालनलाई पनि जोड दिएका छन् । हाल उनको फर्ममा विभिन्न जातका ८० वटा बाख्रा रहेका छन् । महासेठलाई पशुपालनमा श्रीमती र छोराले पनि सहयोग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us