भिजी सुजुकीको शोरुम पोखरामा

काठमाण्डु टुडे २०७० फागुन ३० गते १०:५४ मा प्रकाशित

Suzuki hayateपोखरा, ३० फागुन – ग्लोवल मोट्र्स प्रालि पोखराले नयाँबजारमा भिजी सुजुकीको शोरुम सञ्चालन गरेको छ । शोरुममा एक लाख ४९ हजार ९०० देखि दुई लाख नौ हजार ९०० मूल्यका भिजी सुजुकी मोटरसाइकल बिक्रीका लागि राखिएको छ ।

प्रत्येक मोटरसाइकल तथा स्कुटरको बिक्रीमा विशेष छुट रहेको तथा बम्परमा सुजुकी कार र एलसिडी टिभी रहेको प्रालिका सञ्चालक किशोरकुमार क्षेत्रीले बताए ।

एकसय १० सिसीका सुजुकी हायात मोडलको मोटरसाइकलले एक लिटर पेट्रोलमा ६० किलोमिटरको माइलेज दिने र यी मोटरसाइकलहरू कास्की जिल्लाका गाविसमा बढी मात्रामा खपत हुने विश्वास गरिएको छ ।

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकी मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ । सुजुकी मोटरसाइकल आफ्नो बेग्लै टेक्नोलोजी, गुणस्तरीय निर्माण र वस्तुको मोडेलअनुसारको उत्पादनका लागि ख्यातिप्राप्त भएको विश्वास गरिएको छ ।

प्रालिले पोखरेली ग्राहकको सुविधाका लागि सुजुकी एक्सचेन्ज मेला बिहीबारदेखि चैत ५ गतेसम्मका लागि सुरु गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us