विराटनगर, १९ पुस–मोरङका विभिन्न खोलामा नियम कानुनविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग असार मसान्तपछि बन्द गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ । नेपाल सरकारले गत असोजमा गरेको निर्णयअनुसार नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिन लागेका हुन् । मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरुलाई कानुनअनुसार कारबाही...
भक्तपुर, १८ पुस– नेकपा (एमालेका नेता गोकर्ण विष्टले स्पष्ट भिजन लिएर अगाडि बढे केही वर्षभित्रै लोडसेडिङ अन्त्य गर्न सकिने बताएका छन् । भक्तपुरमा भएको कार्यक्रममा विष्टले नेपालमा लोडसेडिङलाई अन्त्य गर्न विभिन्न क्षेत्रबाट पहल भइरहेको भन्दै उनले कुशल राजनीतिक व्यवस्थापन हुने हो भने लोडसेडिङ तीन...
ललितपुर, १८ पुस – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले योजनाअनुरुप विकासका काम अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल परम्परागत बौद्धधर्म संघले राजधानीमा गरेको कार्यक्रममा उपाध्यक्ष डा शाक्यले लक्ष्य र योजनामा धेरै अन्तर रहेकाले सोचेअनुरुप विकास हुन नसकेको बताएका हुन् । नवनिर्वाचित सभासद्...
पोखरा, १८ पुस– पोखराको लेकसाइडमा भएको पाँच दिने सडक महोत्सवमा होटल व्यवसायीले २० करोडभन्दा बढीको आर्थिक कारोबार गरेका छन् । पुस १३ देखि १७ गतेसम्म भएको सडक महोत्सवमा स्वदेशी तथा विदेशी गरी चार लाखभन्दा बढी पर्यटकले मेलाको अवलोकन गरेका थिए । पोखराको लेकसाइडदेखि खहरेसम्मको...
वीरगन्ज, १८ पुस– दुई वर्षअघिसम्म पर्सा महुवनका नीरराज गिरी कृषि पेसामा संलग्न थिए । आफूले गर्दै आएको परम्परागत कृषि पेसाबाट राम्रो आम्दानी हुने सम्भावना नदेखेपछि अहिले उनले ‘व्यावसायिक रूपमा राँगापालन व्यवसाय’ सुरु गरेका छन् । महुवन गाविसका पूर्व अध्यक्षसमेत रहेका गिरीले अरूको जग्गा भाडामा...
काठमाण्डु, १८ पुस – भारतीय निर्माण कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले माथिल्लो मस्र्याङ्दी (दोस्रो) जलविद्युत् परियोजना बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । विभिन्न भारतीय सञ्चार माध्यमले जिएमआर उक्त परियोजना छाडेर नेपालबाट बाहिरिन लागेको भन्ने समाचार सार्वजनिक गरेपछि उक्त कम्पनीले त्यसलाई पूर्णरुपमा आधारहीन भन्दै खण्डन...
पर्सा, १८ पुस – अंग्रेजी नयाँ वर्षको अवसरमा पर्साको ठोरी गाविसमा बुधबार ४५ हजारभन्दा बढी पर्यटक पुगेको स्थानीयवासीले जानकारी दिएका छन् । ठोरीको पर्यटकीय क्षेत्रमा बुधबारमात्रै ४५ हजार पर्यटक पुगेको स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए । भारतसहित छिमेकी जिल्ला मकवानपुर र चितवन तथा...
पर्सा, १८ पुस–गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा हलुका सवारी साधान आयातबाट डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपालको मुख्य व्यापारिक नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा वीरगन्ज भन्सारले मुलुकबाट पाँच हजार ९ सय ५६ वटा हलुका...
काठमाण्डु, १८ पुस–सूचना प्रविधि सम्वन्धि मेला सुबिसु क्यान इन्फोटेक विहीबारबाट काठमाण्डुमा शुरु भएको छ । उपराष्ट्रपति परमानन्द झाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मेलाको उदघाटन गरेका छन् । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले मेला आयोजना गरेको हो । मोबाइल टेक्नोलोजि फस्ट मार्ट सोसाइटी नारा दिइएको मेलामा...
काठमाण्डु, १७ पुस– बैंक तथा वित्तिय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार साढे १९ अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्दै छ । बजारमा अधिक तरलता भएपछि चालु आर्थिक बर्षमा मात्रै केन्द्रीय बैंकले यसअघि पाँचपटकसम्म रिभर्स रिपो जारी गरिसकेको छ । बैंकहरुले उत्पादनमूलक...
चितवन, १७ पुस–कुखुरा पालन ब्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले बुधबार पहिलोपटक राष्ट्रिय पोल्ट्री दिवस मनाउँदैछन् । पोल्ट्री ब्यवसाय महासंघको आयोजनामा नेपालमै पहिलो पटक दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा पोल्ट्री व्यवसायको राजधानी मानिने चितवनमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा देशभरका पोल्ट्री ब्यवसायसंग...
काठमाण्डु, १६ पुस– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले मोन्सान्टो बीउ भित्र्याउन दिन नहुने बताएको छ । महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विवादित बहुराष्ट्रिय कम्पनीको मोन्सान्टो बीउ कुनै पनि हालतमा भित्र्याउन दिन नहुने भन्दै बीउ कुनै प्रमाणीकरण नगरी ल्याइएकोप्रति आफ्नो सङ्गठनको विरोध रहेको बताए ।...