परासी, २० फागुन – नवलपरासी जिल्लाका पहाडी गाविसका कृषक कफीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । वैदेशिक रोजगारीमा यहाँका युवापलायन हुने क्रम तीव्र भएता पनि स्वदेशमै बसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् । जिल्लाको रतनपुर, रुचाङ, नरम,...
काठमाण्डु, १९ फागुन – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकमा सोमबार आयोजित कार्यक्रममा गभर्नर डा. युवराज खतिवडाले गत साउनमा राष्ट्र बैंकले ल्याएको नीतिको कार्यान्वयन स्थिति, विद्यमान चुनौतीहरू एवम् भावी कार्यदिशालाई समीक्षामा समावेश...
चितवन, १९ फागुन – चितवनमा पञ्चरत्न ग्रुपले कुखुराको सुलीबाट आधुनिक बायो (जैविक) मल उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको छ । यो नेपालमै पहिलो उद्योग भएको ग्रुपले दाबी गरेको छ । लामो समयदेखि पोल्ट्री व्यवसायमा सहभागी पञ्चरत्न ग्रुप अफ पोल्ट्री इन्डष्ट्रिजको एग्रो हेल्थ बायो टेकले...
काठमाण्डु, १९ फागुन – सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोर व्यवस्थापनका लागि नयाँ व्यवस्था गरेको छ । आरोहणमा जानेहरूले आधार शिविरभन्दा माथिबाट कम्तिमा आठ किलो नष्ट गर्न सकिने तथा नसकिने (अक्सिजन सिलिन्डर र मानव दिशाबाहेक) फोहोरमैला अनिवार्यरुपमा आधार शिविरमा ल्याई सगरमाथा आधारशिविरमा रहेको सगरमाथा...
रुकुम, १७ फागुन – जिल्लामै पहिलोपटक सदरमुकाम खलङ्गा–६ को सोलावाङमा कपी उद्योग सञ्चालनमा आएको छ । स्थानीय लीलबहादुर राणा र मनोजकुमार पुनको लगानीमा हिमालय कपी उद्योगको नामबाट जिल्लामै पहिलोपटक कपी उत्पादन सुरु गरिएको हो । बाहिरबाट आउने कपीभन्दा जिल्लामा उत्पादन हुने कपीको मूल्य सस्तो...
रसुवा, १७ फागुन – व्यापार व्यवसाय गरी बसेका सबै व्यवसायीले आफ्नो कारोबार दर्ता गर्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले निर्देशन दिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक उदयबहादुर रानामगरका अनुसार रसुवा जिल्लाका अधिकांश कारोबार उद्योग तथा व्यवसायमा दर्ता नगरेको भेटिएकाले सात दिनभित्र...
नेपालगन्ज, १७ फागुन – बाँके जिल्लाका सात गाउँ विकास समितिका कृषक अहिले व्यावसायिक बगर तरकारी खेतीतर्फ आकर्षित भएका छन् । इलम प्लस हेल्भेटास संस्थाले जिल्लाका कम्दी, बनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा व्यावसायिक बगर तरकारीखेती योजना सञ्चालन गरेपछि त्यस गाविसका कृषक सो...
काठमाण्डु, १६ फागुन – कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि कृषि नीति ल्याउन अत्यावश्यक रहेको बताएका छन् । कृषि पत्रकार समाजसँग शुक्रबार भएको भेटमा उनले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । कृषिलाई औद्योगिक रुप दिनुपर्नेमा उनको जोड थियो ।...
पोखरा, १६ फागुन – मुस्ताङमा यस वर्ष कृषकले रु २१ करोड मूल्य बराबरको स्याउ बिक्री गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत नारायण काफ्लेका अनुसार यस वर्ष जिल्लामा तीन हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष बगैंचाबाटै कृषकले...
कीर्तिपुर, १६ फागुन – काठमाण्डुको दक्षिणभेगस्थित चाल्नाखेल, सेतीदेवीलगायतका स्थानमा खुवाको व्यापारका लागि कृषकहरू गाईपालनतर्फ आकर्षित बन्न थालेका छन् । काठमाण्डु दक्षिण भेगस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा दैनिकरूपमा खुवाको उत्साहजनक व्यापार हुन थालेसँगै यस क्षेत्रका कृषकहरू गाईपालनतर्फ आकर्षित बनेका हुन् । विगतमा परम्परागत तवरबाट गाईपालन हुने...
चितवन, १६ फागुन – चितवनको सौराहा क्षेत्रमा लगानी बढ्दै गएको छ । शान्ति सुरक्षामा सुधार आएकाले विषेशगरी व्यवसायीले होटलमा करोडौंको लगानी गर्न थालेका छन् । १० करोड बढीको लागतमा क्यासिनोसहितको होटल खुलेको दुई महिना नबित्दै करिब १५ करोडको लागतमा सौराहाको बाघमारामा अर्को एउटा सुविधायुक्त...
सिन्धुपाल्चोक, १५ फागुन– प्रहरीले सुन तस्करीविरुद्ध विशेष सक्रियता बढाएपछि तस्करहरुले नयाँनयाँ तरिक अपनाउन थालेका छन् । प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्लाष्टिकको झोलामा राखेर तीब्बतबाट नेपाल हुँदै भारत लान लागिएको १० किलोग्राम अवैध सुनसहित तीन जनालाई पक्रेको छ । प्रहरीले विषेश सूचनाका आभारमा दुई चिनियाँ...