बगरमा तरकारी फलाउँदै कृषक

काठमाण्डु टुडे २०७० फागुन १७ गते ११:४६ मा प्रकाशित

Tarkariनेपालगन्ज, १७ फागुन – बाँके जिल्लाका सात गाउँ विकास समितिका कृषक अहिले व्यावसायिक बगर तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

इलम प्लस हेल्भेटास संस्थाले जिल्लाका कम्दी, बनकट्टी, बेतहनी, होलिया, बिनौना, फत्तेपुर र बैजापुर गाविसमा व्यावसायिक बगर तरकारीखेती योजना सञ्चालन गरेपछि त्यस गाविसका कृषक सो खेतीतर्फ हौसिएका हुन् ।

कार्यक्रमअन्तर्गत गठित राप्तीपीडित बगर कृषक समूह, भेरी–राप्ती बगर कृषक समूह र नदी कटान बाढीपीडित कृषक समूहमा आबद्ध ७१ जना कृषकले १९० कट्ठामा तरकारीखेती गरिरहेका छन् ।

नदी किनारको बगरमा सजिलै फल्ने लौका, फर्सी, करेला, तरबुजा र काँक्राखेती गर्दै आएका कृषकले वर्षको एक मौसमबाट करिब रु सात लाख आम्दानी गर्ने बताएका छन् ।

हेल्भेटास संस्थाका अनुसार, संस्थाले व्यावसायिक बगर तरकारीखेतीका लागि बीउबिजन, मल तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us