
काठमाण्डु, १६ फागुन – कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि कृषि नीति ल्याउन अत्यावश्यक रहेको बताएका छन् ।
कृषि पत्रकार समाजसँग शुक्रबार भएको भेटमा उनले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
कृषिलाई औद्योगिक रुप दिनुपर्नेमा उनको जोड थियो । कृषिमा नै पर्याप्त रोजगारीको सिर्जना गर्ने हो भने युवाहरु बिदेसिनु नपर्ने पराजुलीले बताए ।
अत्याधिक कृषि उत्पादनका लागि उन्नत बीउबिजनको उत्पादन गर्नुपर्ने भन्दै उनले त्यसो भएमा आगामी पाँच वर्षभित्र खाद्य संकट घट्ने जिकिर गरे ।