अर्थ

शिवरात्रीमा डेढ करोडको उखु बिक्री

२०७० फागुन १५ गते ११:२२

पोखरा, १५ फागुन – महाशिवरात्रीको अवसरमा विहीबार पोखरामा डेढ करोड मूल्य बराबरको उखुको बिक्री भएको छ । साँझ धुनी लगाउँदा उखु आगोमा पड्काउने परम्पराअनुरूप पोखराका उपभोक्ताले सो मूल्य बराबरको उखु खरिद बिक्री भएको व्यापारी बताउँछन् । पोखराको शान्ति वनवाटिकास्थित तरकारी बजार, पृथ्वीचोकको हङ्कङ र...

अठ्तीस प्रतिशतभन्दा बढी खाद्यान्न आपूर्ति

२०७० फागुन १५ गते ११:१७

वीरगन्ज, १५ फागुन – जिल्लामा चाहिने आवश्यक खाद्यान्नभन्दा पर्सामा झन्डै ३८ प्रतिशतभन्दा बढी खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये ७३ हजार ६३८ मेट्रिक टन खाद्यान्नमात्र आवश्यक पर्दछ । बाँकी एक लाख २२ हजार...

साझाको आम्दानी तीन करोड ६० लाख

२०७० फागुन १४ गते १०:५८

ललितपुर, १४ फागुन – सञ्चालनको एक वर्ष बित्नै लाग्दा साझा यातायातले यात्रुबाट तीन करोड ६० लाख २५ हजार ६०० आम्दानी गरेको छ । विभिन्न कारण २०६४ सालको जेठदेखि साझाका सबै सेवा बन्द भएका थिए । पछिल्लो पटक २०७० वैशाख १ गतेदेखि पुनः सञ्चालनमा आएको...

विद्युत कटौती कार्ययोजना ल्याउन मन्त्रीको निर्देशन

२०७० फागुन १४ गते ९:३२

काठमाण्डु, १४ फागुन – मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न र जनतालाई राहत प्रदान गर्न पूर्ण प्रतिबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्न ऊर्जामन्त्री राधा ज्ञवालीले निर्देशन दिएकी छिन् । मन्त्रालयमा बुधबार पदबहाली गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

गोलभेँडाखेतीतर्फ तनहुँका कृषकको आकर्षण बढ्दो

२०७० फागुन १३ गते ११:१३

तनहुँ, १३ फागुन – तनहुँ जिल्लामा टनेल (प्लास्टिक घर) बनाएर गोलभेँडाखेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला कृषि विकास कार्यालय तनहुँले दिएको जानकारीअनुसार तनहुँको ७२ किलोमिटरभित्र पर्ने पृथ्वीराजमार्ग आसपासका स्थानमा टनेल बनाएर व्यावसायिक रूपमा गोलभेँडाखेती गर्नेको सङ्ख्या बढेको हो । जिल्लामा...

बढ्दो व्यापार घाटा कम गर्न सरकारी कार्यदल

२०७० फागुन १३ गते ११:०९

काठमाण्डु, १३ फागुन – सरकारले बढ्दो व्यापार घाटालाई कम गर्नका लागि अधिकार सम्पन्न कार्यदल स्थापना गर्ने भएको छ । बढ्दो आयातलाई न्यूनीकरण र निर्यातलाई वृद्धि गर्नका लागि विशेष कार्यदल गठनको तयारी थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कार्यदल गठनका लागि...

धौलागिरिका ४९ सहकारी कारबाहीमा

२०७० फागुन १३ गते ११:०६

म्याग्दी, १३ फागुन – सहकारी डिभिजन कार्यालय बागलुङले यस वर्ष धौलागिरि अञ्चलका ४९ सहकारी संस्थालाई कारबाहीको तयारी गरेको छ । नियमित विवरण नबुझाएको र सञ्चालन अवस्थाको बारेमा जानकारी नगराएका सहकारी संस्थालाई कारबाहीका लागि प्रक्रिया सुरु गरेको कार्यालयले जनाएको छ । म्याग्दीका छ, बागलुङका १७,...

भन्सार मूल्याङ्कन मापदण्ड भएन

२०७० फागुन १२ गते १२:३५

विराटनगर, १२ फागुन – विराटनगर भन्सार कार्यालय रानीले आयातित वस्तुको भन्सार मूल्याङ्कन व्यावहारिक र मापदण्डअनुसार नगरेका कारण उद्योगी व्यवसायी तथा भन्सार एजेन्ट समस्यामा परेका छन् । भारतलगायत तेस्रो मुलुकबाट कृषिजन्य वस्तु, खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री, मोटर पार्टस, खाद्य वस्तु, स्टेसनरीलगायतका वस्तु आयात...

एलिगेन्स पावरलाई सौर्य ऊर्जा सर्वेक्षणको अनुमति

२०७० फागुन १२ गते १०:१९

काठमाण्डु, १२ फागुन – सरकारले मुलुकमा बढ्दो ऊर्जा सङ्कटलाई ध्यान दिँदै पछिल्लो पटक सौर्य ऊर्जा उत्पादन गर्न चाहने प्रवद्र्धकलाई सर्वेक्षणको अनुमति प्रदान गर्ने कामलाई तीव्र पारेको छ । विद्युत् विकास विभागले पछिल्लो पटक पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि एलिगेन्स पावर इन्ड्रस्टिज प्रालिलाई...

आर्थिक शिखर सम्मेलन काठमाडौंमा

२०७० फागुन १२ गते ३:४७

काठमाण्डु, १२ फागुन –नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज पहिलो पटक आर्थिक शिखर सम्मेलन काठमाडौंमा हुंदै छ । सम्मेलनमा तीब्र गतिमा आर्थिक विकास हासिल गरेका मुलुकका प्रतिनिधिको सहभागिता रहने र विकासको मोडलबारे बृहत छलफल हुने महासंघले जनाएको छ । सम्मेलनमा नेपालले कुन विकास मोडेल...

मकैले आठ प्रतिशत खाद्य आपूर्ति

२०७० फागुन ११ गते ११:२१

वीरगन्ज, ११ फागुन– पर्सा जिल्लामा मकैले आठ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये मकैले १७ हजार १३० मेट्रिक टन आपूर्ति गर्दै आएको छ । बाँकी धानले करिब ५४ प्रतिशत र गहु“ले ३८...

आधाभन्दा बढी उद्योग सञ्चालनविहीन

२०७० फागुन ११ गते ११:१५

काठमाण्डु, ११ फागुन– नेपालमा दर्ता भएका तीन लाख साना तथा घरेलु उद्योगमध्ये आधाभन्दा बढी उद्योग सञ्चालनविहीन बनेका छन् । साना उद्योगको वित्तीय पहुँच तुलनात्मक रूपमा ज्यादै कम हुने भएकाले आर्थिक अवस्था कमजोर हुँदा उद्योग सञ्चालनको सम्भावना न्यून हुने गरेको घरेलु तथा साना उद्योग महासंघले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us