विद्युत कटौती कार्ययोजना ल्याउन मन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०७० फागुन १४ गते ९:३२ मा प्रकाशित

electryकाठमाण्डु, १४ फागुन – मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्नका लागि कुनै पनि कसर बाँकी नराख्न र जनतालाई राहत प्रदान गर्न पूर्ण प्रतिबद्ध भएर आफ्नो कर्तव्य निर्वाह गर्न ऊर्जामन्त्री राधा ज्ञवालीले निर्देशन दिएकी छिन् ।

मन्त्रालयमा बुधबार पदबहाली गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत कटौतीका लागि अवलम्बन गर्नुपर्ने सबै खालका उपाय अवलम्बन गर्न आग्रह गरिन् ।

‘जनता विद्युतभार कटौतीका कारण मारमा परेका छन्, यो अवस्था लामो समय रहनुहुँदैन, मुलुकलाई अगाडि बढाउने हो भने यो समस्या तत्काल समाधान गरिनुपर्छ, यही अर्जुनदृष्टिका साथ काम गर्न म आग्रह गर्छु ।’

मन्त्री ज्ञवालीले दैनिक १२ घन्टाभन्दा बढी विद्युत कटौती हुनु आफैंमा दुःखद् भएको बताउँदै तत्कालै कुनै पनि विधिबाट समस्या हल गर्न निर्देशन दिईन् ।

निर्माणका क्रममा रहेका विभिन्न जलविद्युत आयोजनालाई तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले ति आयोजना कुनै पनि कारणले पछाडि धकेल्न नहुने बताईन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us