
पोखरा, १५ फागुन – महाशिवरात्रीको अवसरमा विहीबार पोखरामा डेढ करोड मूल्य बराबरको उखुको बिक्री भएको छ ।
साँझ धुनी लगाउँदा उखु आगोमा पड्काउने परम्पराअनुरूप पोखराका उपभोक्ताले सो मूल्य बराबरको उखु खरिद बिक्री भएको व्यापारी बताउँछन् ।
पोखराको शान्ति वनवाटिकास्थित तरकारी बजार, पृथ्वीचोकको हङ्कङ र सस्तो बजार, चिप्लेढुङ्गाको श्री कम्प्लेक्समा उखु खरिद गर्नेको घुइँचो नै लागेको छ ।
विहीबार पोखरामा एउटा उखुको मूल्य न्यूनतम् ५० देखि ८० मा बिक्री भइरहेको छ ।