
काठमाण्डु, १२ फागुन –नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज पहिलो पटक आर्थिक शिखर सम्मेलन काठमाडौंमा हुंदै छ । सम्मेलनमा तीब्र गतिमा आर्थिक विकास हासिल गरेका मुलुकका प्रतिनिधिको सहभागिता रहने र विकासको मोडलबारे बृहत छलफल हुने महासंघले जनाएको छ ।
सम्मेलनमा नेपालले कुन विकास मोडेल अपनाउादा छिटो सम्मृद्धितर्फ जान सकिन्छ भन्ने विषयमा विकसित मुलुकको धारणा सुनिने छ । त्यसले सरकार र निजी क्षेत्रलाई आर्थिक सम्मृद्धिका लागि अपनाउनुपर्ने आर्थिक मोडलको विषयमा स्पष्ट पार्ने विश्वास महासंघले लिएको छ । सम्मेलनले नेपालको विकासका लागि नयाा खाका कोर्ने पनि दाबी महासंघको छ ।
सम्मेलन कृषि, पर्यटन र सफा उर्जामा केन्द्रित हुने छ । नेपाल सरकारको सहयोगमा महासंघले आयोजना गर्न लागेको आर्थिक शिखर सम्मेलनमा विशेष वक्ताको रुपमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेलायतका उपाध्यक्ष थोमस ह्यारिस सहित अमेरिका, भारत, चीन, मलेसिया लगायतका निजी क्षेत्रको प्रतिनिधि सहित सरकारी उच्च पदस्थ व्यक्तिको सहभागिता रहने महासंघले जनाएको छ । आर्थिक शिखर सम्मेलनको दिउासो ४ बजे प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।