बढ्दो व्यापार घाटा कम गर्न सरकारी कार्यदल

काठमाण्डु टुडे २०७० फागुन १३ गते ११:०९ मा प्रकाशित

singh durbarकाठमाण्डु, १३ फागुन – सरकारले बढ्दो व्यापार घाटालाई कम गर्नका लागि अधिकार सम्पन्न कार्यदल स्थापना गर्ने भएको छ ।

बढ्दो आयातलाई न्यूनीकरण र निर्यातलाई वृद्धि गर्नका लागि विशेष कार्यदल गठनको तयारी थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कार्यदल गठनका लागि सरोकारवाला मन्त्रालय र विभागहरुले सहमति जनाइसकेका छन् । मन्त्रिपरिषद्को गठनलगत्तै कार्यदल विस्तार प्रक्रिया अगाडि बढाइएको हो ।

मुलुकको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउनका लागि यो योजना सकारात्मक रहने भन्दै बढ्दो व्यापार घाटालाई कम गर्न यसले सहयोग गर्ने कार्यालयका प्रवक्ता महेन्द्रकुमार थापाले बताए ।

उनले सरकारका उच्चपदाधिकारीको संयोजकत्वमा गठन गर्न लागेको कार्यदलमा अर्थशास्त्री तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्योगी व्यवसायीलाई समेत समेटिने जानकारी दिए ।

उत्पादन तथा निर्यात वृद्धि र आयात विस्तारका लागि सो कार्यदल सरोकार निकायसँग समन्वय गरेर अगाडि बढने कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us