मकैले आठ प्रतिशत खाद्य आपूर्ति

काठमाण्डु टुडे २०७० फागुन ११ गते ११:२१ मा प्रकाशित

वीरगन्ज, ११ फागुन– पर्सा जिल्लामा मकैले आठ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । जिल्लामा कुल एक लाख ९६ हजार १४६ मेट्रिक टन उपभोग्य खाद्यान्नमध्ये मकैले १७ हजार १३० मेट्रिक टन आपूर्ति गर्दै आएको छ ।

बाँकी धानले करिब ५४ प्रतिशत र गहु“ले ३८ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।

हाल नेपालमा मकैले २६ प्रतिशत र धानले ४४ प्रतिशत खाद्य आपूर्ति गर्दै आएको छ । नेपालमा आठ लाख ७१ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउ“दै आएको भए पनि यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।

मुलुकमा वार्षिक २१ लाख टन मकै उत्पादन हु“दै आएको तथ्याङ्क छ । कुल एक हजार ३५३ वर्ग किलोमिटर क्षेत्रफल रहेको पर्सा जिल्लामा ५४ हजार ७७२ हेक्टर क्षेत्रफल कृषियोग्य जमिन मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us