अर्थ

एक किलोमिटर सडक बनाउन एक करोड खर्च

२०७० फागुन ११ गते ६:१३

दार्चुला, ११ फागुन– खलङ्गा खार सडकखण्डमा एक किलोमिटर सडक निर्माण गर्न एक करोड रुपैया खर्च भएको छ । ग्रामीण विकेन्द्रित पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डरिलिप) अन्तर्गत सञ्चालित सो सडकको एक किलोमिटर भाग खन्न एक करोड रुपैयााभन्दा बढी खर्च भएको हो । हिमाली क्षेत्रको सडक...

माछापालन गर्नेहरू बढे

२०७० फागुन १० गते ११:२०

बाँके, १० फागुन – जिल्ला कृषि विकास कार्यालय बा“केले आर्थिक वर्ष २०६७/६८ मा मिसन फिस अभियान सञ्चालन गरेयता व्यावसायिक माछापालन गर्ने कृषकको सङ्ख्या बढेको छ । जिल्लामा अहिले ३०५ हेक्टर क्षेत्रफल जमिनमा एक हजार १५ जना कृषकले माछापालन गर्दै आएका छन् । आर्थिक वर्ष...

यस वर्ष बाइस आयोजनालाई उत्पादन अनुमति

२०७० फागुन १० गते ९:०५

काठमाण्डु, १० फागुन – सरकारले यस वर्षको वैशाखदेखि अहिलेसम्म कुल २२ वटा जलविद्युत आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । मुलुकमा जारी ऊर्जा संकट घटाउन छिटोभन्दा छिटो जलविद्युत आयोजना सम्पन्न गर्नुपर्ने निर्देशनसहित उत्पादन अनुमति प्रदान गरिएको हो । विद्युत विकास विभागले विसं २०७० को...

निर्वाहमुखी खेती छोड्न नयाँ सङ्घर्ष

२०७० फागुन १० गते ६:०७

धादिङ, १० फागुन – निर्वाहमुखी ढङ्गबाट तरकारी खेती गरेर जीवन धान्दै आएका धादिङका किसानहरू व्यावसायिक तरकारी उत्पादन गर्न लागि परेका छन् । धेरै जग्गामा तरकारी खेती गरेर पनि थोरै मात्र आम्दानी लिन बाध्य किसान आफ्नो सीप र कलालाई व्यवस्थित गर्न प्लाष्टिकको घर बनाएर त्यसभित्र...

राजस्व वृद्धि लक्ष्यअनुरुप भएन

२०७० फागुन ९ गते ११:०८

काठमाण्डु, ९ फागुन – सरकारले चालु आर्थिक वर्षको सात महिनामा एक खर्ब ८८ अर्ब ९० करोड ७८ लाख राजस्व सङ्कलन गरेको छ । अर्थमन्त्रालयले चालु आर्थिक वर्षमा एक खर्ब ९२ अर्ब ३७ करोड ६४ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । आधाभन्दा...

विद्युत् उत्पादनमा कटौती

२०७० फागुन ९ गते ७:४१

गोरखा, ९ फागुन – देशमा दैनिक १४ घण्टा विद्युत् भार कटौती भइरहेका बेला तनहुँको आँबुखैरेनी–६ स्थित मस्र्याङ्दी जलविद्युत आयोजनाले भने विद्युत् उत्पादनमा कटौती गरेको छ । पानीको बहाव कम भएको भन्दै आयोजनाले विद्युत् उत्पादनमा २७ मेगावाट कटौती गरेको हो । ६९ मेगावाट क्षमताको सो...

तनहुँमा डेढ करोडको मलखाद बिक्री

२०७० फागुन ९ गते ५:२०

दमौली, ९ फागुन – कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षको सात महिनामा एक करोड ५१ लाख ४६ हजार ५०५ रुपैयाँ बराबरको मलखाद बिक्री गरेको छ । तनहुँ, लमजुङ र गोरखामा रहेका ६६ वटा सहकारीले कम्पनीबाट मल खरिद गरी किसानसमक्ष बिक्री गरेको...

चार करोडको तरकारी निर्यात

२०७० फागुन ८ गते ११:३९

गोरखा, ८ फागुन – जिल्लाको घ्याल्चोक गाविसस्थित जनकल्याण ताजा तरकारी सहकारी संस्था लिले चालु आर्थिक वर्षमा चार करोड मूल्य बराबरको तरकारीको कारोबार गरेको छ । किसानले उत्पादन गरेका तरकारी सिधै सहकारीले खरिद गरी सहकारीमार्फत बाहिर बिक्री हुने गर्दछ । किसानको तरकारी बिक्री गरिदिएबापत प्रतिकेजी...

माछा उत्पादन बढ्यो, भाउ घट्यो

२०७० फागुन ८ गते ११:३५

चितवन, ८ फागुन – चितवनमा माछाको उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । जिल्लामा व्यावसायिक माछापालन फस्टाएको र अहिले पोखरीहरू सफा गर्ने र सुकाउने क्रम चलिरहेकाले माछाको उत्पादन बढेको नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष जोगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार उत्पादन वृद्धिसँगै...

जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढ्यो

२०७० फागुन ८ गते ६:०३

परासी, ८ फागुन – नवलपरासी जिल्लामा चर्को ब्याजमा जग्गा धितो राखी ऋण लिनेको सङ्ख्या बढेको पाइएको छ । वित्तीय संस्थाभन्दा मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक गरी ऋण लिनेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालयको तथ्याङ्कले देखाएको छ । झन्झटिलो र लामो समय लाग्ने भएका कारण स्थानीय...

सात महिनामा चार करोड राजस्व सङ्कलन

२०७० फागुन ७ गते १२:३१

कलैया, ७ फागुन – मालपोत कार्यालय बाराले आर्थिक वर्ष २०७०/०७१ को सात महिनामा रु चार करोड ६६ लाख १७ हजार २०३ राजस्व सङ्कलन गरेको छ । जग्गा खरिद–बिक्रीबापत रजिस्ट्रेसन दस्तुर रु चार करोड १३ लाख ८४ हजार ५९९, सेवा शुल्क दस्तुर रु ३९ लाख...

४० जना युवाले अनुदान पाउने

२०७० फागुन ७ गते ६:४०

बर्दिवास, ७ फागुन । महोत्तरी जिल्लाका ४० जना युवाले व्यावसायिक कृषि प्रबद्र्धनका लागि अनुदान पाउने भएका छन् । कृषिको व्यावसायीकरण र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले जिल्लाका ४० जना युवालाई अनुदान दिइने कार्यक्रम रहेको जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us