४० जना युवाले अनुदान पाउने

काठमाण्डु टुडे २०७० फागुन ७ गते ६:४० मा प्रकाशित

बर्दिवास, ७ फागुन । महोत्तरी जिल्लाका ४० जना युवाले व्यावसायिक कृषि प्रबद्र्धनका लागि अनुदान पाउने भएका छन् । कृषिको व्यावसायीकरण र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले जिल्लाका ४० जना युवालाई अनुदान दिइने कार्यक्रम रहेको जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाको ग्रामीण क्षेत्रमा आधुनिक खेती प्रणालीलाई बल पु¥याउने उद्देश्यसाथ कृषिको ब्याबसायीकरण र रोजगार प्रवद्र्धनका लागि कृषि विकास मन्त्रालयले निर्देश गरेअनुसार यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

कार्यक्रमअन्तर्गत यस कार्यका लागि २४ लाख रकम प्राप्त भएको कार्यालयका प्रमुख शङ्करप्रसाद साहले जानकारी दिए । यस कार्यक्रममा जिल्लाका ग्रामीण क्षेत्रका १८ देखि ४० बर्ष उमेर समूहका युवालाई लिइने जनाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका, वेदेशिक रोजगारीमा जान ठिक्क परेका र पूर्वमाओवादी लडाकु कार्यक्रमको प्राथमिकतामा पर्ने कार्यालय प्रमुख साहले बताए ।

उन्नत तरकारीखेती, फलफूल खेती र पशुपालन ब्यबसाय  सञ्चालनका लागि अनुदान दिइने कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष २०७०/७१ मै सुरु गरिने यो कार्यक्रमका लागि युवाको छनोट प्रकृया सुरु गरिएको प्रमुख साहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us