विद्युत् उत्पादनमा कटौती

काठमाण्डु टुडे २०७० फागुन ९ गते ७:४१ मा प्रकाशित

electryगोरखा, ९ फागुन – देशमा दैनिक १४ घण्टा विद्युत् भार कटौती भइरहेका बेला तनहुँको आँबुखैरेनी–६ स्थित मस्र्याङ्दी जलविद्युत आयोजनाले भने विद्युत् उत्पादनमा कटौती गरेको छ ।

पानीको बहाव कम भएको भन्दै आयोजनाले विद्युत् उत्पादनमा २७ मेगावाट कटौती गरेको हो । ६९ मेगावाट क्षमताको सो आयोजनाले ४२ मेगावाटमात्रै विद्युत् उत्पादन गर्न थालेको छ ।

‘नदीमा पानीको बहाव घटेपछि विद्युत् उत्पादनमा कमी आएको छ, मस्र्याङ्दी जलविद्युत केन्द्रका प्रबन्धक त्रिपेश्वर पूर्वेले भने, ‘विद्युत् गृहका युनिट नं १, २ र ३ मध्ये आलोपालो गरेर दुईवटा युनिटमा मात्रै पानी सङ्कलन गरी विद्युत उत्पादन गरिरहेका छौँ ।’

पिक आवरमा भने क्षमताअनुसार नै विद्युत आपूर्ति गरिरहेको सो केन्द्रले जनाएको छ । त्यहाँ उत्पादित विद्युत काठमाण्डुको बालाजु र चितवनको भरतपुर सवस्टेसनमार्फत राष्ट्रिय लाइनबाट देशभरि पठाइने गरिएको छ ।

क्षमताभन्दा कम विद्युत उत्पादन भएपछि राष्ट्रिय विद्युतभार कटौतीमा ठूलो प्रभाव परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us