निर्वाहमुखी खेती छोड्न नयाँ सङ्घर्ष

काठमाण्डु टुडे २०७० फागुन १० गते ६:०७ मा प्रकाशित

धादिङ, १० फागुन – निर्वाहमुखी ढङ्गबाट तरकारी खेती गरेर जीवन धान्दै आएका धादिङका किसानहरू व्यावसायिक तरकारी उत्पादन गर्न लागि परेका छन् ।

धेरै जग्गामा तरकारी खेती गरेर पनि थोरै मात्र आम्दानी लिन बाध्य किसान आफ्नो सीप र कलालाई व्यवस्थित गर्न प्लाष्टिकको घर बनाएर त्यसभित्र तरकारी खेती गरी प्रशस्त आम्दानी गर्न  खटिएका छन् ।

कृषि क्षेत्रबाट देशमा आर्थिक क्रान्ति ल्याउने सरकारको लक्ष्यअनुरुप राजधानीसँग जोडिएर तरकारीको लागि प्रसिद्ध मानिएको जिल्लाका कृषकलाई शिक्षा मन्त्रालयको इभेन्ट परियोजनाअन्तर्गत तीन महिने बेमौसमी तरकारी उत्पादन तालिम दिइएको हो ।

जीवनस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको तीन महिने बेमौसमी तरकारी उत्पादक तालिममा किसानहरूले खेतबारीमा नै गएर प्लाष्टिक घर निर्माण, बिरुवामा मल र पानीको मात्रा मिलाउने तरिका लगायतका सीपहरू सिक्न थालेका छन् ।

सीपको अभावमा सिजनमा मात्र तरकारी खेती गर्ने र प्राविधिक सहयोग नपाउँदा घाटा बेहोरिरहेका जिल्लाका ८० जना कृषक तालिममा सहभागी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us