एक किलोमिटर सडक बनाउन एक करोड खर्च

काठमाण्डु टुडे २०७० फागुन ११ गते ६:१३ मा प्रकाशित

दार्चुला, ११ फागुन– खलङ्गा खार सडकखण्डमा एक किलोमिटर सडक निर्माण गर्न एक करोड रुपैया खर्च भएको छ ।
ग्रामीण विकेन्द्रित पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (डरिलिप) अन्तर्गत सञ्चालित सो सडकको एक किलोमिटर भाग खन्न एक करोड रुपैयााभन्दा बढी खर्च भएको हो । हिमाली क्षेत्रको सडक खन्न कठिन भएको कारण लागत बढी भएको बताइएको छ ।

निर्माणाधीन खलङ्गा खार सडकखण्डको दोस्रो चरणको निर्माण कार्य गर्न तीन ठेकेदार कम्पनी र दुईवटा उपभोक्ता समितिलाई जिम्मेवारी दिइएको छ । यस खण्डको सडक निर्माणका लागि रु ११ करोड ४२ लाख लागत अनुमान गरिएको छ ।

यसअघि पहिलो चरणमा यो सडकखण्डमा डरिलिपकै रु १३ करोड ५० लाख खर्च भएको थियो । यो रकमको अनुपातलाई हेर्दा एक किलोमिटर सडक खन्न रु एक करोड नाघेको छ । यस सडकखण्डमा यसअघि आरसिआइडब्लु खाद्यका लागि कार्यक्रममार्फत बजेट खर्च भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us