तनहुँमा डेढ करोडको मलखाद बिक्री

काठमाण्डु टुडे २०७० फागुन ९ गते ५:२० मा प्रकाशित

malkhad1दमौली, ९ फागुन – कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षको सात महिनामा एक करोड ५१ लाख ४६ हजार ५०५ रुपैयाँ बराबरको मलखाद बिक्री गरेको छ ।

तनहुँ, लमजुङ र गोरखामा रहेका ६६ वटा सहकारीले कम्पनीबाट मल खरिद गरी किसानसमक्ष बिक्री गरेको कम्पनीले जनाएको छ ।

उक्त अवधिमा प्राप्त भएको युरिया, डिएपी, पोटास र भर्मी कम्पोस्ट मल बिक्रीबाट सो रकम आम्दानी भएको हो ।

गत वर्ष यस कम्पनीमार्फत तीन जिल्लाका ती सहकारीबाट एक हजार ६४०.३७५ मेट्रिक टन मलखाद बिक्री हुँदा चार करोड ६१ लाख १९ हजार ९६ रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ ।

विगतका वर्षहरूमा खेती लगाउने सिजनमा यहाँ मलखादको अभाव हुँदै आए पनि यो वर्ष भने कुनै अभाव नरहेको कम्पनीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us