सात महिनामा चार करोड राजस्व सङ्कलन

काठमाण्डु टुडे २०७० फागुन ७ गते १२:३१ मा प्रकाशित

कलैया, ७ फागुन – मालपोत कार्यालय बाराले आर्थिक वर्ष २०७०/०७१ को सात महिनामा रु चार करोड ६६ लाख १७ हजार २०३ राजस्व सङ्कलन गरेको छ ।
जग्गा खरिद–बिक्रीबापत रजिस्ट्रेसन दस्तुर रु चार करोड १३ लाख ८४ हजार ५९९, सेवा शुल्क दस्तुर रु ३९ लाख ४० हजार १०१, रोक्का दस्तुर रु चार लाख ७० हजार ५३५, दण्ड जरिवाना दस्तुर रु तीन लाख ५२ हजार ९१८ लगायत राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us