चार करोडको तरकारी निर्यात

काठमाण्डु टुडे २०७० फागुन ८ गते ११:३९ मा प्रकाशित

kalimati tarkari bajarगोरखा, ८ फागुन – जिल्लाको घ्याल्चोक गाविसस्थित जनकल्याण ताजा तरकारी सहकारी संस्था लिले चालु आर्थिक वर्षमा चार करोड मूल्य बराबरको तरकारीको कारोबार गरेको छ ।

किसानले उत्पादन गरेका तरकारी सिधै सहकारीले खरिद गरी सहकारीमार्फत बाहिर बिक्री हुने गर्दछ । किसानको तरकारी बिक्री गरिदिएबापत प्रतिकेजी एक रुपैयाँका दरले सहकारीले रकम लिने गरेको छ ।

यो रकम सहकारी व्यवस्थापन, विभिन्न निर्माणका काम र गरिब किसानलाई मल बीउ अनुदानमा खर्च गरिन्छ । गोरखामा उत्पादन भएको तरकारी पृथ्वीराजमार्गको किनारामा ल्याएर बिक्री गर्ने गरिन्छ । किसानका तरकारी लिन पोखरा र काठमाण्डुबाट व्यापारी गाडी लिएर सहकारीमा नै आइपुग्ने गरेको सहकारीका सदस्य तुलसी रेग्मी बताउँछन् ।

केही वर्षयता तरकारीको मूल्य बढेको बढ्यै छ तर गाउँमा उत्पादन भने नबढेको अर्का किसान शिव रेग्मी बताउँछन् । अघिल्लो वर्ष रु ३० मा बेचेको भिन्डी यो वर्ष प्रतिकेजी रु ६० पुगेको छ ।

यहाँ भिन्डी, करेला, सिमी, बोडी, काउली, बन्दा, खुर्सानीलगायतका तरकारीबाली उत्पादन गर्ने गरिन्छ । अघिल्लो वर्ष कुल १६ हजार मेट्रिक टन तरकारी बिक्री भएकोमा यो वर्ष अहिलेसम्म १३ हजार मेट्रिक टन पुगिसकेको छ ।

मूल्य भने अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर पुगेको छ । अघिल्लो वर्ष रु छ करोडको मात्रै कारोबार भएको सहकारीका व्यवस्थापक कृष्ण विकले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us