सुन तस्करीको यस्तो काइदा, दैनिक सय केजी सुन तस्करी

काठमाण्डु टुडे २०७० फागुन १५ गते १३:२७ मा प्रकाशित

सिन्धुपाल्चोक, १५ फागुन– प्रहरीले सुन तस्करीविरुद्ध विशेष सक्रियता बढाएपछि तस्करहरुले नयाँनयाँ तरिक अपनाउन थालेका छन् ।
goldप्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट प्लाष्टिकको झोलामा राखेर तीब्बतबाट नेपाल हुँदै भारत लान लागिएको १० किलोग्राम अवैध सुनसहित तीन जनालाई पक्रेको छ ।

प्रहरीले विषेश सूचनाका आभारमा दुई चिनियाँ र एक नेपालीलाई पक्रेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक ४६ वर्षीय सिजङ घ्याम्पुङ, र ३१ वर्षीय कर्माछिरिङ शेर्पा तथा सवारी चालक सिन्धुपाल्चोकका जिमी शेर्पा छन् ।

चीनको चीब्बतबाट बा ९ च ७२६८ नम्बरको बलेरो जिपको पछाडी प्लाष्टिकको झोलामा राखेर सुन नेपाल भित्र्याँउदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतले सुन आयातमा कडाइ गरेपछि नेपाल हुँदै भारततर्फ सुन तस्करी बढेको छ । व्यवसायीका अनुसार नेपालबाट भारतर्फ दैनिक एक सय किलो ग्रामको हाराहारीमा सुन तस्करी हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us