मुस्ताङमा २१ करोड मूल्यको स्याउ बिक्री

काठमाण्डु टुडे २०७० फागुन १६ गते ११:२८ मा प्रकाशित

Apple plantपोखरा, १६ फागुन – मुस्ताङमा यस वर्ष कृषकले रु २१ करोड मूल्य बराबरको स्याउ बिक्री गरेका छन् । जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत नारायण काफ्लेका अनुसार यस वर्ष जिल्लामा तीन हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

यस वर्ष बगैंचाबाटै कृषकले प्रतिकिलो रु ७० मा स्याउ खरिद गरेका थिए । पाँच सय मेट्रिक टन स्याउ स्थानीयस्तरमा खपत भएको र बाँकी तीन हजार मेट्रिक टनमात्रै बाहिरी जिल्लामा बिक्री भएको थियो ।

स्याउको पूmल खेल्ने बेला फागुन महिनामा दिउँसो पानी र राति तुसारो परेकाले गत वर्षको अनुपातमा यस वर्ष स्याउ उत्पादनमा ३० प्रतिशतले कमी आएको थियो ।
गत वर्ष चार हजार मेट्रिक टन स्याउ उत्पादन भई रु २२ करोड कृषकले प्राप्त गरेका थिए । गत वर्ष २८५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकामा यस वर्ष ३०० हेक्टरमा लगाइएको थियो ।

मुस्ताङका १६ गाविसमध्ये आठ गाविसमा व्यावसायिक रूपमा स्याउखेती गरिएको छ भने दुई गाविसमा पनि स्याउखेती गरिने गरिएको छ ।
खासगरी मुस्ताङका मार्फा, टुकुचे, जोमसोम, कागवेनी, झोङ, हुसाङ, मुक्तिनाथ र कोवाङ गाविसमा स्याउ उत्पादन हुने गरेको छ । सुर्खाङ र घर्मीका केही भागमा पनि सुन्तलाखेती गरिन्छ ।

जिल्लामा स्याउको उत्पादन बढाउन सात ठाउँमा स्याउ नर्सरी स्थापना गरिएको छ । टुकुचेमा चारवटा, मार्फा, जोमसोम र कोवाङमा एक÷एक वटा नर्सरी सञ्चालनमा छन् । ती नर्सरीबाट बर्सेनि ३० हजार बिरुवा उत्पादन गरी बिक्री वितरण गरिन्छ ।

बिरुवा रोपेको आठ वर्षमा मात्रै फल दिनसक्ने कृषि विकास कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us