
रुकुम, १७ फागुन – जिल्लामै पहिलोपटक सदरमुकाम खलङ्गा–६ को सोलावाङमा कपी उद्योग सञ्चालनमा आएको छ ।
स्थानीय लीलबहादुर राणा र मनोजकुमार पुनको लगानीमा हिमालय कपी उद्योगको नामबाट जिल्लामै पहिलोपटक कपी उत्पादन सुरु गरिएको हो ।
बाहिरबाट आउने कपीभन्दा जिल्लामा उत्पादन हुने कपीको मूल्य सस्तो पर्ने भएकाले विशेषगरी विद्यार्थीलाई सहुलियत हुने बताइएको छ ।
तत्कालै जिल्लाको मागअनुसार कपीको आपूर्ति गर्न नसकिए पनि केही महिनापछि भने आवश्यक पर्ने कपी उत्पादन गर्न सकिने सञ्चालक लीलबहादुर रानाले बताए ।