भूउपयोग नीति ल्याइने

काठमाण्डु टुडे २०७० फागुन २९ गते १२:४० मा प्रकाशित

काठमाण्डु, २९ फागुन – भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताएका छन् ।

सामुदायिक सारथीले विहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले ४५ जिल्लामा जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि प्राप्त नागरिकका राय÷सुझाव ग्रहण गर्दै अब सरकारले छिट्टै भूउपयोग नीति ल्याउने जानकारी दिए ।

कार्यक्रममा सामुदायिक सारथीका अध्यक्ष ताराबहादुर रानाले कृषि क्षेत्रको विकासका लागि भूउपयोग नीति यथाशक्य छिटो ल्याउनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us