
दार्चुला, २७ फागुन । दार्चुलामा अल्लो अल्लो व्यवसाय बढिरहे पनि प्रशोधन केन्द्र स्थापना नहुँदा समस्या झेल्नुपरेको व्यवसायीहरुले बताएका छन् ।
अपी नाम्पा संरक्षण क्षेत्रअन्तर्गत इसिमोडले जिल्लाको खार गाविसमा अल्लो विकाससम्बन्धी कार्य सुरु गर्न थालेपछि यस व्यवसायतर्फ आकर्षित भएका उद्यमीहरु जिल्लामा प्रशोधन केन्द्र नहुँदा समस्यामा परेको दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले बताए ।
हाल दार्चुलाबाट अल्लो रोल्पा, दाङ, काठमाण्डु लगायतका क्षेत्रमा निकासी हुने गर्दछ । अल्लो विकासका लागि बेलायती सहयोग संस्था (डिएफआइडी)को आर्थिक सहयोग रहेको छ । जिल्लाबाट वार्षिक १० टन अल्लो बाहिरिने गरेको उनले बताए ।