मत्स्यपालनमा जनशक्तिको अभाव, कृषक मर्कामा

काठमाण्डु टुडे २०७० चैत २ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, २ चैत– मुलुकमा माछापालन व्यवसाय बढ्दै गए पनि प्राविधिक सुविधाको अभावमा किसानले उचित सेवा सुविधा पाउन सकेका छैनन् ।
fishप्राविधिक र दक्ष जनशक्तिको अभावमा माछापालनमा लाग्ने कृषकले समस्या पर्दा आवश्यक परामर्शसमेत पाउन नसकेका हुन् । कृषि प्रधान देश भएर पनि माछापालनमा लागेका किसानले उचित परामर्श नपाउादा लगानी बढ्न नसकेको र सधौ परनिर्भर रहनुपर्नेस्थिति सिर्जना भएको हो । मुलुकमा प्रत्येक वर्ष करिब २५ अर्ब रुपियााको माछा आयात हुने गरेको छ ।
हाल मुलुकका मत्स्यपालन व्यवसायलाई परामर्श दिने र आवश्यक पर्दा सरसहयोग गर्ने प्राविधिकका रूपमा कृषि अनुसन्धान परिषद् (नार्क)साग आठ जना वैज्ञानिकमात्रै रहेका छन् । भने २० जना मत्स्य विकास अधिकृत रहेका छन् ।

तराई, मध्य पहाड, हिमाल जताततै माछापालन गर्न सकिने अवस्था रहे पनि प्रविधिको अभाव, लगानी र उचित बजारका कारण माछा व्यवसाय अगाडि बढ्न नसकेको प्राविधिकहरूको धारणा छ ।
यस्तै मत्स्यपालनका लागि प्रमुख भूमिका खेल्ने निकायका रूपमा परिचित मत्स्य विकास निर्देशनालयसाग पनि उचित मात्रामा जनशक्ति रहेको छैन ।  मुलुकका ११ वटा जिल्लामा मत्स्य विकास केन्द्र रहेको भए पनि त्यसमा पनि उपलब्ध जनशक्ति हेर्ने हो भने मागअनुसार उपलब्ध हुन सकेको छैन ।

माछामा मुलुकलाई आत्मनिर्भर बनाउने हो भने पहिले प्राविधिक जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ । समग्रमा हेर्दा मुलुकमा केवल उच्च पदस्थ कर्मचारी र अधिकृतस्तरका गरी केवल ४० जना मात्रै माछा विज्ञ रहेका छन् ।

कृषि अनुसन्धान परिषद् (नार्क)का निर्देशक टेकबहादुर गुरुङ भन्छन् ‘सरकारको हेराइमा माछा हेला गरिएको व्यवसाय भएका कारणले गर्दा जनशक्तिको अभाव भएको हो, जनशक्ति बढाउनका लागि कृषि विश्वविद्यालयमा मत्स्यसम्बन्धी अध्ययन अध्यापनको व्यवस्था गरिनुपर्दछ ।’

कुखुरामा बर्डफ्लु लागेका कारण पछिल्ला दिनमा माछापालन गर्न चाहने कृषकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि उचित परामर्श लिने स्थानको अभावका कारण उत्साह त्यसै मर्ने सम्भावना बढेर गएको छ ।

नुवाकोट मदानपुरका कृषक रामबहादुर बाइवाले ट्राउट माछापालन गर्नुभएको छ, तर माछामा रोग लाग्यो भने सोध्न जाने र त्यसको निराकरणको उपाय खोज्ने स्थानको अभाव रहेको उनी बताउँछन् ।

कृषकका अनुसार माछामा रोग लागेपछि यसको उपचार गर्न अन्य जमिनमा बस्ने जीवहरूको उपचारभन्दा कठिन हुने भएकाले समस्या पर्ने गरेको छ । जीवाणुको सङ्क्रमण, बाहिरी तथा भित्री परजीवीहरूको आक्रमण पनि माछामा अत्यधिक हुने गरेको छ । तराईमा विशेष गरी माछामा अक्सिजनको कमी हुने रोग बढी लाग्ने गर्दछ । बिहानीपख सूर्य उदाउनुपूर्व त्यस्तो समस्या बढी हुने गर्दछ । तर त्यसको उचित परामर्श र निदानको उपाय नपाउँदा लाखौा लगानी गरे पनि किसानले उचित प्रतिफल पाउन नसक्ने अवस्था रहेको छ ।

अक्सिजन कमी हुादा माछा पोखरीमा ताजा पानी हाल्ने, ‘एरिएटर’ चलाउने ज्ञानसमेत कृषकमा रहेको छैन, जसका कारण माछापालन व्यवसाय धरापमा पर्ने गरेको निर्देशक गुरुङको भनाइ छ ।

जिल्ला कृषि कार्यालयहरूमा रहेका प्राविधिकहरूसमेत माछापालन व्यवसायका सम्बन्धमा उचित परामर्श दिन सक्ने विज्ञता नभएको गुनासो स्वयम् कृषकबाटै आउने गरेको छ ।
धादिङको उत्तरी क्षेत्र दार्खामा माछापालन गर्दै आएका कृषक नरमान तामाङ भन्छन्, ‘जिल्ला कृषि कार्यालयबाट सामान्यखालको परामर्श प्राप्त भए पनि खोजेजति सल्लाह प्राप्त गर्न सकिएको छैन ।’ मत्स्य विकास निर्देशनालयका प्रमुख राजेन्द्रकुमार केसी सरकारले उचित सेवा सुविधा दिन नसकेका कारण उपलब्ध जनशक्तिसमेत विदेश पलायन भएको बताउँछन् ।

दक्ष जनशक्तिलाई स्वदेशमा नै राख्नका लागि सरकारले आवश्यक सेवा सुविधा वृद्धि गर्नुपर्ने, तालिमलगायतका व्यवस्था गर्नुपर्ने र नीति तथा कार्यक्रम नै कृषकमैत्री बनाउनुपर्ने उनको धारणा छ ।

मुलुकका १३ वटा जिल्लामा मिशन फिस कार्यक्रम लागू भएको, पोखरी सुदृढीकरण, औजारीकरण, बजार व्यवस्थापन, मध्य पहाडी क्षेत्रमा पोखरी विस्तार, मिशन ट्राउट पनि लागू गरिएको अवस्थामा सरकारको प्रमुख ध्यान जनशक्ति उत्पादनमा केन्द्रित गर्नु आवश्यक देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us