
काठमाण्डू, ३१ वैशाख- सह-सचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
पर्यटन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले ५८ वर्षे उमेर हदका कारण अवकाश पाएपछि रिक्त पदमा पौडेल बढुवा भएका हुन् ।
पौडेल यसअघि भन्सार विभागको महानिर्देक र धितोपत्र बोर्डको अध्यक्ष थिए ।