
काठमाण्डु, २३ फागुन – नेपाल आयल निगमले व्यवसायिक प्रयोजनका लागि निलो रङको सिलिन्डर अनिवार्य गर्ने भएको छ ।
व्यवसायिक प्रयोजनमा प्रयोग हुने ग्याँसको तथ्याङ्क निकाल्न निलो रङको सिलिन्डर अनिवार्य गर्न लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । आइतबारदेखि व्यवसायिक प्रयोजनका लागि भनेर निलो रङको सिलिन्डर कार्यान्वयनमा ल्याउने अवधारणा बनाएको छ ।
ग्यास आयातमा भैरहेको बढ्दो घाटा कम गर्न निलो रङको सिलिन्डर अनिवार्य गर्न लागिएको प्रवक्ता घिमिरेले बताए । आइतबारदेखि निलो रङको सिलिन्डर लागू गरेपनि मूल्य भने तत्कालका लागि रातो सिलिन्डर अनुसारकै रहने घिमिरेले जानकारी दिए ।
निगमले मासिक झण्डै १५ लाख खपत हुने ग्यासमध्ये २५ देखि ३० प्रतिशत व्यवसायिक प्रयोजनमा खपत हुने गरेको अनुमान गरेको छ । निलो सिलिन्डर अनिवार्य गरेपछि सबै ठाउँमा पुगे ÷नपुगेका बारे निगमले अनुगमन गर्ने तयारी गरेको छ ।