
चितवन, २५ फागुन – आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले चितवनको सौराहामा सुविधा सम्पन्न होटल थपिएको छ ।
लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दे आएका सी.बी. थापासहितका ४ व्यवसायीले सौराहामा सेन्टर प्वाइन्ट रिसोर्ट खोलेका छन् ।
२५ रोपनी जग्गामा खोलिएको रिर्सोटको ३ वटा अध्याधुनिक भवनहरु रहेका छन् । रिसोर्टमा ४६ वटा साधारण र २ वटा भिआइपी कोठाहरु रहेका छन् ।
रिसोर्टको क्षमता एक सय जनाको छ । सभासम्मेलनका लागि हल, स्विमिङ पुल, बार, लञ्च, मनी एक्सचेन्ज पनि रिर्सोटमा नै संचालित छ ।
देशमा लगानी गर्ने वातावरण नभएको गुनासो आइरहेका बेला थापा सहितका व्यवसायीहरुले ठूलो लगानी गरेर रिर्सोट सञ्चालनमा ल्याएका हुन् ।
अबको केही वर्षमा नै पोखरामा पनि ठूलो लगानीमा रिसोर्ट खोल्ने अध्यक्ष सी.बी. थापाले जानकारी दिए । चितवनको पर्यटकीय नगरी सौराहामा ५० भन्दा बढि होटल सञ्चालनमा छन् ।