
काठमाण्डु, २६ फागुन– सरकारले व्यवसायिक प्रयोजनका लागि नीलो रङको ग्यास सिलिण्डर प्रयोग भए/नभएको अनुगमन थालेको छ ।
पहिलो चरणमा उपत्यकालाई केन्द्रित गरी अनुमगन गरिने नेपाल आयल निगमले जनाएको छ । उपत्यकापछि बाहिरका जिल्लामा अनुगमन तीव्र पारिने निगमका निमित्त कार्यकारी निर्देशक सागर सत्यालले बताए ।
नीलो रङको सिलिन्डर पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निगमले ग्यास उद्योगी, व्यवसायी र बिक्रेतालाई आइतबारसम्मको समयसीमा दिएको थियो । व्यवसायिक प्रयोजनमा रातो रङको ग्साय प्रयोग भएको पाइए पहिलो चरणमा चेतावनी दिएर छोडिने र दोश्रोपटकमा कारबाही गर्ने तयारी निगमको छ ।
तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारले दुई वर्षअघि ग्यास उपभोक्ता कार्ड र घरायसी प्रयोजनका लागि रातो र व्यवसायिक प्रयोजनका लागि निलो रङको सिलिण्डर प्रयोग गर्ने व्यवस्था गरे पनि अझै लागू भएको छैन ।
हाल बजारमा रहेका ५३ लाख सिलिन्डर रहे पनि करिब ४ लाख सिलिन्डर मात्र नीलो रङका छन् ।