अर्थ

जोगीदहमा हवाई मैदान बन्ने

२०७० मंसिर १६ गते २:२१

गाईघाट, १६ मंसिर–उदयपुर जिल्लाको जोगीदह गाविस–९ मोथ्याईमा हवाई मैदान निर्माण गर्ने अन्तिम तयारी भएको छ । लामो समयदेखि उदयपुरमा हवाई मैदान निर्माण गर्नका लागि विभिन्न स्थानमा जग्गा व्यवस्थापन र सर्भे हुँदै आए पनिे अन्तिम समयमा आएर मोथ्याईमा हवाई मैदान निर्माण हुन लागेको हो ।...

टेलिकमले सित्तैमा वाइफाई सेवा दिने

२०७० मंसिर १५ गते १०:४७

काठमाण्डु, १५ मंसिर– नेपाल टेलिकमले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा करिब तीन महिनाका लागि निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने भएको छ । सामाजिक दायित्वअन्तर्गत टेलिकमले पहिलो चरणमा राजधानीका विभिन्न स्थानमा ‘हटस्पट’ जडान गरी पहिलो चरणमा तीन महिना निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको हो ।...

दैनिक ६० क्विन्टल सुन्तला

२०७० मंसिर १५ गते ९:५०

दमक, १५ मंसिर– झापाको दमकमा सुन्तलाको कारोबारमा वृद्धि भएको छ । कात्तिकको पहिलो साताबाट फागुनसम्म यहाँ सुन्तलाको बिक्री हुने गर्दछ । पहाडी क्षेत्रमा सुन्तला प्रमुख नगदेबाली हो । दमक क्षेत्रमा जाडोयामभरि ठूलो परिमाणमा सुन्तलाको कारोबार हुने गरेको छ । यहाँ पूर्वी पहाडी क्षेत्रबाट सुन्तला...

आर्थिक र व्यावसायिक मुद्दा सरकारी प्राथमिकतामा

२०७० मंसिर १५ गते ७:०३

काठमाण्डु, १५ मङ्सिर–अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सञ्चारमाध्यमले उठाएका आर्थिक र व्यावसायिक मुद्दालाई सरकारले गम्भीरताका साथ लिएको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १६ आँै वार्षिक स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले धेरै प्रयास गरेको र आर्थिक परिसूचक...

अनुकूलनका लागि साढे चार करोड रुपैया

२०७० मंसिर १५ गते ६:२४

मुगु, १५ मङ्सिर–जलवायु परिवर्तनका कारण बढी प्रभावित हुन सक्ने जिल्लाका पाँच गाविसमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्र्तगत साढे चार करोड रुपैयाको लगानीमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाका रुगा, रोवा, माँग्री, जिमा र सुकाढीक गाविसमा जलवायु परिवर्तनले पार्न सक्ने असरलाई न्यूनीकरण...

अर्थमन्त्री कोइराला इण्डिोनेसिया जाँदै

२०७० मंसिर १५ गते ३:३६

काठमाण्डु, १५ मंसिर– इण्डिोनेसियाको बालीमा हुने विश्वव्यापार संगठनको नवौं वाणिज्य मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । यही मंसिर १८ देखि २१ गतेसम्म हुने सम्मेलनमा नेपाल अतिकम विकसित ३४ मुलुकको संयोजकको हैसियतमा सहभागी हुनेछ । नेपालका तर्फबाट सम्मेलनमा वाणिज्य मन्त्रालयको...

अनुदानबाट प्राप्त गहुँको बीउ नपाएको गुनासो

२०७० मंसिर १५ गते २:५६

काँकडभिट्टा (झापा), १५ मङ्सिर–कृषि विकास मन्त्रालयबाट अनुदानप्राप्त उन्नत जातको सुधारिएको गहुँको बीउ बेचबिखनका लागि आधिकारिक बिक्रेताबाट भनेजस्तो बीउ नपाएपछि  खजुरगाछीका किसानले गुनासो गरेका छन् । गहुँखेतीका लागि राम्रो मानिएको कात्तिक र मङ्सिर महिनामा खजुरगाछीमा रहेको आधिकारिक बिक्रेता स्वस्तिक कृषि भण्डार र भागवत कृषि भण्डारले...

चीनमा अहिलेसम्मकै धेरै खाद्यान्न उत्पादन

२०७० मंसिर १५ गते २:२४

बेइजिङ १५ मंसिर-सन् 2013 मा सारा देशको खाद्यान्नको कूल उत्पादन मात्रा 60 करोड19 लाख 35 हजार टन पुगेको छ। जुन मात्रा गत वर्षको दाँजोमा 2.1प्रतिशतले बढी हो। चीनको खाद्य उत्पादन मात्रा लगातार दश वर्षसम्ममा बृद्धि हुँदैगएको देखिन्छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले उन्नतीस तारिखका दिन...

१५ करोडको अपेक्षासहित मेला हुने

२०७० मंसिर १४ गते ११:१०

बुटवल, १४ मंसिर– बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी पुस ९ गतेदेखि बुटवलमा क्षेत्रीयस्तरको मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले प्रत्येक वर्ष गर्ने क्षेत्रीयस्तरको मेला यो वर्ष बुटवलमा गर्न लागेको हो । जिल्ला विकास समिति...

आर्थिक विकासको काम गर्न निजी क्षेत्रको माग

२०७० मंसिर १४ गते ८:५०

काठमाण्डु, १४ मङ्सिर–नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलले आर्थिक र विकासका क्षेत्रमा घोषणापत्रमा उल्लेख गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन माग गरेको छ । महासङ्घले आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको सहयोग र समर्थनलाई राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको स्मरण गराउँदै खासगरी पर्यटन, कृषि...

एडीबीबाट नेपाललाई २ करोड डलर अनुदान

२०७० मंसिर १४ गते ५:१५

काठमाण्डु, १४ मंसिर–एशियाली विकास बैंक (एडीबीले) नेपालका ठूला जलविद्युत आयोजनाको लागि दुई करोड डलर सहयोग गरेको छ । एडीबीबाट नेपालले अनुदानको रुपमा सो सहयोग पाएको हो । सहयोग सम्वन्धि सम्झौतामा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनी र एडीबीका नेपाल निर्देशक केनिची...

चुनावले इँटा उत्पादन घट्यो, मूल्य बढ्ने

२०७० मंसिर १४ गते ३:५७

भक्तपुर, १४ मंसिर–संविधानसभा निर्वाचनका कारण कामदार अभावले इँटाको उत्पादन घटेपछि मूल्य बढ्ने भएको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साताबाट नै इँटा उत्पादन सुरु हुन्थ्यो तर चुनावकालागि गाउँ गएका श्रमिकहरु भर्खरै काममा फर्किन थालेकाले इँटा उत्पादन नै ढिला हुने व्यवसायीको भनाइ छ । भक्तपुरमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us