
कैलाली, १६ जेठ – जिल्लामा अहिलेसम्म दर्ता भएका ५०८ वटा सहकारी संस्थामध्ये २९ वटा सहकारी संस्था खारेज भएका छन् ।
सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले २९ सहकारी संस्था खारेज गरिएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले बताएको छ ।
दर्ता खारेज भएका अधिकांश सहकारी संस्था ग्रामीण भेगमा दर्ता भएका छन् । खारेज गरिएका सहकारी संस्थामा ऋण तथा बचत रहेका कार्यालयका प्राचार्य खेमराज विष्टले जानकारी दिए ।
उनका अनुसार कतिपय सहकारी संस्थाले नविकरण गर्ने गरेको पाइएकाले त्यस्ता सहकारी संस्थालाई बचत तथा ऋण लगानी गर्न निर्देशन दिइएको छ । दर्ता खारेजी भएका सहकारीले साधारणसभा नगर्ने र प्रतिवेदन नदिने गरेका कारणले पनि उनीहरूको दर्ता खारेजी भएको जनाइएको छ ।
जिल्लाका टीकापुर नगरपालिकामा पाँच, जोशीपुर गाविसमा चार, प्रतापपुरगाविसमा दुई, बलिया गाविसमा पाँच र अन्य १३ गाविसमा गरी २९ वटा सहकारीको दर्ता खारेजी भएका छन् । सहकारीमा दर्ता भएका सबै सहकारी संस्था सञ्चालनमा आएका छैनन् ।
सो कार्यालयका अनुसार २०४८ सालदेखि निस्क्रिय रहेका सहकारीका भौतिक संरचना निर्माण गरिएकाले उनीहरूको दर्ता खोरजी गरिएको छैन् । रासस