सरकारी सहभागिताबिनै मनाए पर्यटन व्यवसायीले सगरमाथा दिवस

काठमाण्डु टुडे २०७१ जेठ १५ गते १५:४१ मा प्रकाशित

काठमाण्डु, १५ जेठ–सरकारको सहभागिताबिना नै पयर्टन व्यवासायीले बिहीबार सातांै अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाएका छन् ।
सरकारी उपस्थिति र सहभागिता विना दिवस मनाउनु पर्ने परिस्थिति आउनु लज्जास्पद भएको कार्यक्रममा सहभागी व्यवसायीहरुले टिप्पणी गरेका छन् । उनीहरुले नेपालको पर्यटन ईतिहासमा नै यस्तो पहिलो घटना भएको र यसले पर्यटन मन्त्रालयको नालायकीपन उजागर गरेको जनाए ।

निजी तथा सरकारी साझेदारीको अवधारणामा स्थापित भएको नेपाल पर्यटन बोर्डको हालको बनौट र कृयाकलापको बारेमा आर्थिक अनियमितता छानविन गरिनु पर्नेलगायत माग पुरा गराउन संयुक्त पर्यटन समन्वय समिति विगत एक महिनादेखि आन्दोलित छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक आरोहण भएको दिन सन् १९५३ मे २९ लाई सम्झना गर्दै नेपाल सरकार र निजी क्षेत्रले संयुक्त रुपमा यस अगाडि ६ पटकसम्म विविध कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय सगरमाथा दिवश मनाइसकेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us