अदुवाको मूल्य प्रतिकेजी २५०

काठमाण्डु टुडे २०७१ जेठ ११ गते १०:५६ मा प्रकाशित

ginger

काठमाण्डु , ११ जेठ – काठमाडौँको बजारमा सर्वसाधारणले मसलाका रूपमा प्रयोग गर्ने अदुवाको मूल्य वृद्धि भएको छ ।

गएको ६ महिना अघिसम्म प्रतिकेजी रु १७० मा पाइने अदुवाको मूल्य वृद्धि भएर हाल प्रतिकेजी रु २५० पुगेको छ ।

असनका व्यापारी राजन डङ्गोलका अनुसार नयाँ अदुवा नआएसम्म यसको मूल्य अझै बढ्ने सम्भावना हुन्छ ।

काठमाडौँको असन, मरु, गोङ्गबु, कालिमाटी आदि क्षेत्रमा पसलैपिच्छे फरकफरक मूल्य रहेको र खुद्रा किन्दा पाउको रु ६० सम्म लिने गरेको पाइन्छ ।

भदौपछि नयाँ अदुवा बजारमा आएपछि मात्र अदुवाको मूल्यमा कमी आउने व्यापारी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us