अर्थ

अनार खेतीका लागि निब्र्याजी ऋण उपलब्ध गराउन किसानको माग

२०७१ जेठ ३१ गते ११:२०

काठमाण्डु, ३१ जेठ– परम्परागत खेती किसानीमा रमाउँदै आएका नुवाकोटका किसान पछिल्लो समय व्यवसायिक अनारखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै तथा कोदोखेती गरिरहेका नुवाकोट बेलकोट–२ का किसान यतिबेला व्यावसायिक रूपमा अनारखेतीमा आकर्षित भएका हुन् । भारतबाट आयात गरिएको हाइब्रिड प्रजातिका अनारखेती सुरु गरेका...

अख्तियारको आँखा पूर्वाञ्चल आयल निगममा

२०७१ जेठ ३१ गते १०:०५

विराटनगर, ३१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको एक टोलीले नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर र त्यहाँको डिपोको शनिबार अनुगमन गरेको छ । देशव्यापी पेट्रोलियम पदार्थको भारतबाट ढुवानी र बिक्री गर्ने क्रममा अनियमितता भइरहेको तथ्य सार्वजनिक भएपछि अख्तियारको एक टोली पूर्वाञ्चलको पेट्रोलियम...

सातामा नेप्से २४.४२ अंकले बढ्यो, कारोबार पनि ११ प्रतिशत वृद्धि

२०७१ जेठ ३० गते ११:१५

काठमाण्डु , ३० जेठ  –  यो साता सेयर बजार सुधारको दिशामा रह्यो । सातामा नेप्से २४.४२ अंकले बढेको छ । बैंकिङ र होटेल समूहको परसूचकमा दोहोरो अंकको सुधार भएपछि नेप्सेमा वृद्धि देखिएको हो । गत साताको विहीवार ८७९ मा रहको नेप्से यो साता बढेर...

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्यो

२०७१ जेठ ३० गते ११:११

काठमाण्डु, ३० जेठ –शुक्रवार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले महंगिएको छ । सुन प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तीन सयले मूल्य बढेको सुन बिहीवार भने एक सय रुपैयाँले मूल्य घटेर ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।...

एनसेलको ८० लाखको छात्रवृत्ति

२०७१ जेठ २९ गते १२:१२

काठमाण्डु, जेठ २९ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ अध्ययनलाई प्रोत्सहान गर्न छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको व्यवस्था गर्ने भएको छ । देशकै प्रमुख मोबाइल सेवा प्रदाय कम्पनी एनसेलले पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीलाई ८० लाख रुपैयाँ बराबरको छात्रवृत्ति दिन...

नेप्से परिसूचक उक्लियो नौं सय, बैंकिङ समूहमा १० अंकको सुधार, ५३ करोड रुपैयाँको कारोबार

२०७१ जेठ २९ गते ११:३४

काठमाण्डु, २८ जेठ –  साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पाँच अंकले बढेको छ । नेप्से ५.०८ अंकले बढेर ९०४.६१ मा आइपुगेको छ । बैंकिङ, होटेल समूहको परिसूचकमा भएको सुधारले नेप्से बढेको हो । बैंकिङ समूहको परिसूचक ९.९ अंकले र होटेल समूहको परिसूचक १४.३९ अंकले...

वर्षेनी महङगी वृद्धि, यस वर्ष दश प्रतिशत

२०७१ जेठ २९ गते ११:२६

काठमाण्डु, २९ जेठ – चालु आर्थिक वर्षको दश महिनामा ९.७ प्रतिशतले मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष ८.७ प्रतिशतले मूल्यवृद्धि भएको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ११.६ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब...

नेप्से ४ अंकले बढ्यो

२०७१ जेठ २८ गते ११:४६

काठमाण्डु, २८ जेठ – बैंकिङ समूहको परिसूचक उकालो लाग्ने क्रममा रहेपछि नेप्से परिसूचकको वृद्धिलाई टेवा मिलेको छ । नेप्से परिसूचक आठ सय ९९ बिन्दुमा आइपुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५१ अंकले वृद्धि हो । नेप्से पटक पटक नौं सयको बिन्दु पार गरेपनि...

११ वित्तिय संस्था गाभिएर तीनवटा बन्ने

२०७१ जेठ २८ गते ११:२८

काठमाण्डु, २८ जेठ – आउँदो एक महिनाभित्र ११ वटा संस्था गाभिएर तीन वटामा झर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ११ संस्थालाई आपसमा गाभिन अन्तिम स्वीकृति दिन लागेको छ। अन्तिम स्वीकृतिपछि अहिलेसम्म मर्ज हुने संस्थाहरुको संख्या ७० नाघ्ने छ। यसै साता लुम्बिनी बैंक लिमिटेड र...

परनिर्भरतालाई अन्त्य गर्न औद्योगीकरण आवश्यक– मन्त्री थापा

२०७१ जेठ २८ गते ११:२०

काठमाण्डु, २८ जेठ – उद्योग मन्त्री कर्णबहादुर थापाले परनिर्भरतालाई अन्त्य गर्न औद्योगीकरण आवश्यक भएको बताएका छन् । नेपालको औद्योगिक अवस्था र वैदेशिक लगानीको नीतिगत आधार विषयमा संवाद डवलीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालमा यतिखेर औद्योगीकरणको वातावरण तयार भएको जानकारी दिए । विदेशी लगानीलाई...

अर्थमन्त्री महत जिल्लाको समान विकास विरोधी देखिए : नुवाकोट काँग्रेस

२०७१ जेठ २७ गते १२:४२

काठमाण्डु, २७ जेठ – नेपाली काँग्रेस नुवाकोट जिल्लाको भेलाले आफ्नै जिल्लाका सभासद तथा अर्थमन्त्री डा रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास आयोजना पारेको आरोप लगाएको छ । काठमाडौंमा जिल्लाका सभापती, महाधिवेशन प्रतिनिधि, क्षेत्र तथा इलाका प्रतिनिधिहरुको भेलाले मन्त्री महतले आफु निर्वाचित भएको क्षेत्र...

नेप्से करिब १० अंक बढ्यो, बैंकिङ, जलविद्युत्, बीमाले बढायो बजार, ५६ करोडको कारोबार

२०७१ जेठ २७ गते १२:००

काठमाण्डु, २७ जेठ – मंगलवार नेप्से परिसूचक करिब १० अंकले बढेको छ । नेप्से ९.८१ अंकले बढेर ८९५ मा पुगेको छ । कारोबारको मध्यमा वृद्धि केही सुस्तिएको नेप्सेलाई नेपाल टेलिकमको सेयर मूल्य बढेपछि फेरी उकालो लाग्ने क्रममा रहेको छ । कारोबारको अन्त्यतिर ८९२ मा रहेको झरिसकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us