सातामा नेप्से २४.४२ अंकले बढ्यो, कारोबार पनि ११ प्रतिशत वृद्धि

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ११:१५ मा प्रकाशित
काठमाण्डु , ३० जेठ  –  यो साता सेयर बजार सुधारको दिशामा रह्यो । सातामा नेप्से २४.४२ अंकले बढेको छ । बैंकिङ र होटेल समूहको परसूचकमा दोहोरो अंकको सुधार भएपछि नेप्सेमा वृद्धि देखिएको हो ।
nepseगत साताको विहीवार ८७९ मा रहको नेप्से यो साता बढेर नौं सय चारमा पुगेको छ । बैंकिङ समूहको परिसूचक साताभर बढ्ने क्रममा रह्यो ।
बैंकिङ समूहको परिसूचक ७७७ अंकबाट ३९.९४ अंकले बढेर आठ सय १७ मा आइपुग्यो । होटेल समूहको परिसूचक पनि ५४.४९ बाट बढेर एक हजार आठ सय ५६ बिन्दुमा पुगेको छ । 
सातामा कारोबार रकम पनि ११.२७ प्रतिशतले बढेर दुई अर्ब ५६ करोड ६८ हजार रुपैयाँको सेयर किनबेच भयो । गत साता भने दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । 
साताको अन्तिम दिन जलविद्युत् कम्पनी समूहको परिसूचक घटेपनि समग्र सातामा ३५.९२ अंकले बढ्यो । बीमा समूहको परिसूचक भने ०.२१ अंकले वृद्धि भयो । यो साता सबैभन्दा धेरै एनसीसी बैंकको कारोबार भएको छ ।
बैंकको १९ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यो समग्र साताको कारोबारको ७.४७ प्रतिशत रकम हो ।
चिलिमे जलविद्युत् र सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार पनि उच्च रह्यो दुवै कम्पनीको कारोबार क्रमशः १८ करोड १३ लाख र ११ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
सातामा एक सय ६७ कम्पनीको ७८ लाख ९७ हजार कित्ता सेयर किनबेच भयो । 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us