नेप्से करिब १० अंक बढ्यो, बैंकिङ, जलविद्युत्, बीमाले बढायो बजार, ५६ करोडको कारोबार

काठमाण्डु टुडे २०७१ जेठ २७ गते १२:०० मा प्रकाशित
काठमाण्डु, २७ जेठ – मंगलवार नेप्से परिसूचक करिब १० अंकले बढेको छ । नेप्से ९.८१ अंकले बढेर ८९५ मा पुगेको छ ।
nepseकारोबारको मध्यमा वृद्धि केही सुस्तिएको नेप्सेलाई नेपाल टेलिकमको सेयर मूल्य बढेपछि फेरी उकालो लाग्ने क्रममा रहेको छ । कारोबारको अन्त्यतिर ८९२ मा रहेको झरिसकेको नेप्से नेपाल टेलिकमको सेयर मूल्य पाँच रुपैयाँले बढेपछि साझो रेखाले उकालो लागेको हो । 
बैंकिङ समूहको परिसूचक भने ११.७४ अंक, बीमा समूह ८.५७ अंक, जलविद्युत् समूह ४३.५९ ले वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक पनि ५.८७ अंकले वृद्धि भएको छ । हकप्रद सेयर दिने लक्ष्य लिएको नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने १० प्रतिशतभन्दा धेरैले बढेको छ । कम्पनीले हकप्रदको प्रस्ताव आफ्नो साधारण सभाबाट पारित गरिसकेको छ । तर ६० कम्पनीको सेयर मूल्य तीन प्रतिशतभन्दा धेरैले बढ्न सकेको छैन । 
मंगलवार चार ब्रोकर कम्पनीको लिमिट आउट भएपनि कुल कारोबार रकम उल्लेख्य बढेर ५६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा आएको एक सय ४१ मध्ये ४४ कम्पनीको सेयर मूल्य भने मंगलवार बढ्न सकेन । 
चिलिमे जलविद्युत् कम्पनी, लाइफ इन्स्योरेन्स कर्पाेरेशन, माछापुच्र्छे बैंकको सेयर कारोबार उच्च भएको छ ।माछापुर्छे बैंकले रणनीतिक साझेदार ल्याउने समाचारहरुले बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । त्यस्तै, लक्ष्मी बैंकको हकप्रदको खबरले पनि बैंकको कारोबार बढ्न थालेको छ ।
बैंकको गत चैतमा सम्पन्न साधारण सभाले बोनस सयेर दिएपछिको चुक्तापूँजीमा १० बराबर २.५ को अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको थियो । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us