नेप्से ४ अंकले बढ्यो

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ११:४६ मा प्रकाशित
काठमाण्डु, २८ जेठ – बैंकिङ समूहको परिसूचक उकालो लाग्ने क्रममा रहेपछि नेप्से परिसूचकको वृद्धिलाई टेवा मिलेको छ ।
nepseनेप्से परिसूचक आठ सय ९९ बिन्दुमा आइपुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.५१ अंकले वृद्धि हो । नेप्से पटक पटक नौं सयको बिन्दु पार गरेपनि त्यही अडिन सफल भएन ।
नेप्सेले नौं सय सात बिन्दुसम्म पुगेको थियो । नेप्सेले करिब नौं सय सात बिन्दुसम्म पुगेको थियो । 
नेप्सेले नौं सय १५ देखि नौं सय १८ सम्ममा प्रतिरोध पाउँने सम्भावना रहेको छ । नेप्से यही प्रतिरोध परिक्षणमा देखिएको छ ।   
बैंकिङ समूहको परिसूचक साढे आठ अंकले बढेको छ । बैंकिङ समूहको परिसूचक साढे आठ अंकले बढेको छ ।
यस दिन २२ वाणिज्य बैंक र एक बैंकको संस्थापक सेयर मूल्य बढेर करोबार भएको छ । बैंकहरु मध्ये सबैभन्दा धेरै कृषि बिकास बैंकको सेयर मूल्य बढ्यो ।
बैंकको सेयर मूल्य ३.३३ प्रतिशतले बढेर चार सय ६६ रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टेमन्ट, हिमालय बैंक लगायतको वृद्धिदरले कृषि बिकास बैंकलाई पछ्याएको छ । बैंकिङ समूहको मात्रै ३१ करोड रुपैयाँको कारोबार भएको छ । 
बीमा, होटेल र जलविद्युत् समूहको परिसूचक भने घटेको छ । चिलिमेको सेयर मूल्य ३० रुपैयाँले घटेपछि जलविद्युत् समूहको परिसूचक बढ्न सकेन ।
नेशनल लाइफ, राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्सको सेयर मूल्य घटेको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us