अर्थ

कृषि प्रधान मुलुकमा आलु चिप्स मात्र ३८ करोडको आयात

२०७० चैत ३० गते १२:१९

वीरगन्ज, ३० चैत– नेपालमा बर्सेनि झन्डै ३८ करोड मूल्य बराबरको आलु चिप्स आयात हुने गरेको छ । नेपाली किसानलाई व्यवसायिक रुपमा चिप्स बनाउन सरकारले प्रोत्साहन गर्न नसक्दा वार्षिक करोडौं रुपैयाँ चिप्स आयातका लागि विदेशिने गरेको हो । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आइतबार सो...

उद्योग वाणिज्य महासंघमा पाण्डे बिजयी

२०७० चैत ३० गते २:१४

काठमाण्डु, ३० चैत – नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी भाष्करराज राजकर्णिकारलाई हराउँदै पाण्डे उद्योगी व्यवसायीको छाता संगठनको अध्यक्षमा निर्वाचित भएका हुन् । पाण्डेले ५४ दशमलव ४ प्रतिशत भोट पाएका थिए । वस्तुगततर्फ पाण्डेले बढी मत प्राप्त गरे...

कागज उद्योगबाट मनग्ये आम्दानी

२०७० चैत २९ गते ११:०२

इलाम, २९ चैत । इलाम माइपोखरी–९ की रूपा राईले आफ्नै पहलमा कागज उद्योग स्थापना गरेर वार्षिक रु दुई लाखभन्दा बढी कमाएकी छन् । माइपोखरी–२ स्थित पुवाखोला बजारमा हाते कागज उद्योग खोलेर मासिक १७ हजारभन्दा बढी आम्दानी गर्न थालेकी हुन् । स्थानीयस्तरमा पाइने ‘लोक्ता प्रशस्त...

स्थानीय स्रोतको प्रयोगबाट गाउँगाउँमा उद्यम

२०७० चैत २९ गते ११:००

पर्वत, २९ चैत – धन कमाउन विदेशमै जानुपर्छ भन्ने छैन । आफ्नै गाउँपाखामा खेर गइरहेको स्थानीय स्रोतलाई उपयोग गरेर पनि कतिपयले आम्दानी गर्न सफल भएका छन् । पर्वतको उत्तरी गाविस क्याङ, सालिजादेखि दक्षिणका त्रिवेणी, वहाकी बर्राचौरसम्मका मानिसले व्यावसायिकरूपमा उद्यम सञ्चालन गर्न थलेका हुन् ।...

अष्ट्रिचको मासु निकै लाभदायक

२०७० चैत २९ गते ७:५८

काठमाण्डु, २९ चैत । अष्ट्रिच नेपाल प्रालि बुटवलका मासु वितरक राजु गौतमलाई देशभित्र र बाहिरबाट अष्ट्रिचको मासुको माग बढ्दै गएपछि त्यसलाई धान्न धौ–धौ परेको छ । ‘अष्ट्रिचको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ, सबै प्रकारका रोगीहरुले यो मासु खान मिल्छ’, अष्ट्रिचको मासु वितरक गौतमले...

‘लार्चा’ सुक्खा बन्दरगाह निर्धारित समयमै सम्पन्न गर्न चुनौती

२०७० चैत २८ गते ११:३९

काठमाण्डु, २८ चैत – चीन सरकारको प्राविधिक तथा अनुदान सहयोगमा सिन्धुपाल्चोकको तातोपानी नजिक निर्माणाधिन ‘लार्चा’ सुक्खा बन्दरगाह निर्धारित समयमै निर्माण सम्पन्न गर्न चुनौती थपिएको छ । आगामी आठ महिनाभित्र निर्माण पूरा हुनुपर्ने बन्दरगाहसँगै निर्माण हुनुपर्ने लिचिङको मितेरी पुलदेखि बन्दरगाहसम्मको ६.५ किलोमिटर बाटो विस्तार कार्यमा...

नवलपरासीमा ३० करोडको अदुवाको कारोबार

२०७० चैत २८ गते ११:३७

परासी, २८ चैत – नवलपरासीमा यस वर्ष करिब ३० करोड बराबरको अदुवाको कारोबार भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यावसायिक रूपमा अदुवाखेती गर्दै आएका नवलपरासीका १७ गाउँ विकास समितिका कृषक यस वर्ष कहिल्यै नभएको अदुवाको मूल्य वृद्धिका कारण धेरै आम्दानी गर्न सफल...

उद्योग वाणिज्य महासंघको साधारणसभा सुरु

२०७० चैत २८ गते १:५०

काठमाण्डु, २८ चैत– निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधारणसभा शुक्रबारबाट सुरु भएको छ । साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा उपाध्यक्षद्वय भाष्करराज राजकर्णिकार र प्रदीपजंग पाण्डेबीच प्रतिष्पर्धा हुँदैछ । अध्यक्षमा दुवै प्रत्यासीले चुनावी...

सात करोडको लागतमा पशुपतिमा भोजनगृह निर्माण

२०७० चैत २७ गते १२:५२

काठमाण्डु, २७ चैत – पशुपति क्षेत्र परिसरमा अत्याधुनिक प्रसादी भोजनगृह निर्माण गरिएको छ । टाढाबाट पशुपति दर्शन गर्न आउने भक्तजन तथा विभिन्न कार्यक्रम प्रयोजनको लागि पशुपति क्षेत्र विकास कोषको करिब छ रोपनी क्षेत्रफलमा ‘माधवराज सुमार्गी स्मृति भवन’ निर्माण गरिएको हो । व्यवसायी अजय सुमार्गीले...

राष्ट्र बैंक जनकपुरमा एनसिएचएल प्रणाली

२०७० चैत २७ गते १२:३८

जनकपुरधाम, २७ चैत – नेपाल राष्ट्र बैंक जनकपुरले विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रविधि लागू गरेको छ । नेराबैंक जनकपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा डेपुटी गभर्नर महाप्रसाद अधिकारीले म्यानुअल चेक क्लियरिङ पूर्णरूपमा विस्थापित गरी विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रविधि लागू गरिएको बताए । उनले...

जुस व्यवसाय फस्टाउँदै

२०७० चैत २७ गते १२:३३

वीरगन्ज, २७ चैत – बढ्दो गर्मीसँगै उखु जुसको व्यवसाय फस्टाउन थालेका छन् । चैतको दोस्रो सातायता यहाँ अत्यधिक गर्मी सुरु भएको छ । बढ्दो गर्मीसँगै उखुको जुस पिउनेको भिड बजारमा बढ्न थालेको छ । यसबाट जीवन गुजाराका लागि वीरगन्ज बजारमा हाते मेसिनबाट जुस बनाउने...

खाद्य प्रयोगशाला भवन निर्माण ढिलाइ

२०७० चैत २६ गते ११:१५

काठमाण्डु, २६ चैत – अत्याधुनिक प्रविधियुक्त खाद्य प्रयोगशाला भवन निर्माणमा ठेकेदारले विलम्ब गर्दा नेपाल खाद्य संस्थानलाई हस्तान्तरण हुन सकेको छैन । भारत सरकारको सहयोगमा जिल्ला विकास समितिले तीन वर्षदेखि बनाउन सुरु गरेको भवन २०६९ सालमा संस्थानलाई हस्तान्तरण गर्ने सम्झौता भए पनि हालसम्म त्यसो भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us