स्ट्याण्डर्ड चार्टर्डको छ करोडको कारोबार, मूल्य दुई सय बढ्यो, नेप्से ११ अंक उक्लियो

काठमाण्डु टुडे २०७१ असार २ गते ११:४६ मा प्रकाशित
काठमाण्डु, २ असार –  सोमवार स्ट्याण्डर्ड चार्टर्ड बैंकको   करोड रुपैयाँको  कारोबार भयो । बैंकको सेयर मूल्य दुई सय २२ ले बढेको छ ।
nepseयो अघिल्लो दिनको मूल्य भन्दा ९.३४ प्रतिशतले बढि हो । कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत वृद्धि भएमा सक्रिट ब्रेक लाग्ने भएको कारण पछिल्लो समय सेयर बिक्री सुस्तियो । 
आइतवार बैंकको तीन करोड बढि रुपैयाँको कारोबार भएको थियो । बैंकको चुक्तापूँजी वृद्धि हुने हल्लाहरुले बैंकको सेयर माग बढेको छ तर बैंकको एक उच्च स्रोतले आफ्नो यस्तो कुनै योजना तत्काल नभएको बताएको छ ।  
नेप्से परिसूचक भने ११.२९ अंकले बढेर ९३८ मा पुग्यो । ९१५ देखि ९१८ को प्रतिरोध पार गरेको नेप्सेले आगामी दिनमा ९७० मा दरिलो प्रतिरोध पाउँने सम्भावना छ । 
नेप्से नौं सय ४५ अंकसम पुगेको भएपछि कारोबारको मध्यपछि भने घट्ने क्रममा रह्यो । उच्च मूल्यले बढिरहेको जलविद्युत् कम्पनीहरुको सेयर मूल्य करेक्सन भएको छ । चिलिमे जलविद्युत् र सानिमामाइ हाइड्रो दुवैको सेयर मूल्य घटेको छ । यसले गर्दा यो समूहको सुचक पनि १.८९ अंकले घट्यो ।  
ग्लोबल आइएमइ बैंकको पनि चार करोड रुपैयाँ बढिको कारोबार भएको छ । बैंकको ४.५० प्रतिशतले सेयर मूल्य बढेको छ । सोल्टि होटेलको सेयर मूल्य बढेपछि यो समूहको परिसूचक ४६ अंक धेरैले बढ्यो ।
ओरियण्टल होटेलको सेयर मूल्य घट्यो भने तारागाँउ रिजेन्सीको मूल्य स्थिर रह्यो । सोल्टिले आफ्नो नयाँ होटेल बनाउने उदेश्य लिएको छ । लगानीकर्ताहरु होटेललाई थप पूँजी आवश्यक हुने हूँदा राम्रो बोनस वा हकप्रदको आशामा रहेका छन । तर कम्पनीले हालसम्म होटेल निर्माणको प्रक्रिया अगाडी बढाइसकेको छैन ।
विश्व बिकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट फाइनान्स लगायतको सेयर मूल्य उच्चले बढेको छ । यी तीनै कम्पनीको मूल्य आठ प्रतिशत धेरैले वृद्धि भयो । 
नेपाल टेलिकमको सेयर मूल्य भने छ प्रतिशत धेरैले घटेको छ । कम्पनीको सेयर छ सय १० रुपैयाँमा कारोबार भयो ।
कम्पनीले साधारण सभामा लैजादै गरेको ४६ प्रतिशत नगद लाभांश पाउँने समय बितेकोले मूल्य घटेको हो । कम्पनीको जेठ ३० गतेबाट बुक क्लोज भएको छ । 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us