स्ट्याण्डर्ड चार्टर्डको सेयर मूल्य १० प्रतिशत बढेर सक्रिट ब्रेक, नेप्से २३ अंक बढ्यो

काठमाण्डु टुडे २०७१ असार १ गते ११:३८ मा प्रकाशित
काठमाण्डु , १ असार – साताको पहिलो कारोबारमा नेप्से दोहोरो अंकले बढेको छ । कारोबारको केही समयमै करिब तीन प्रतिशत बढेको नेप्सेको वृद्धि केही थामिएको थियो । बजार बन्द हुँदा भने नौं सय २७ मा आइपुगेको छ । 
nepseस्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सक्रिट ब्रेक लागेको छ । एकै दिन कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटबढ भएमा सक्रिट ब्रेक लाग्ने गर्छ । बैंकको सेयर मूल्य दुई सय १६ रुपैयाँले बढेर दुई हजार तीन सय ७६ रुपैयाँ भएको छ । बैंकको १३ हजार तीनसय कित्ता सेयर किनबेचबाट कुल तीन करोड  १३ लाख रुपैयाँको काराबार भयो ।
बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले चुक्तापूँजी बृद्धि गरेर पाँच अर्ब पुर्याउने योजना राष्ट्र बैंकसमक्ष पेश गरेको हल्ला चलेका कारण मूल्य बढेकाे हाे, पुराना ब्रोकर नन्दकिशोर मुन्दडाले जानकारी दिए । तर स्ट्याण्डर्ड चार्टड बै‌ककाे उच्च स्राेतले भने, पुँजी वृद्धिकाे कुनै याेजना नभएकाे जानकारी दियाे । अहिले हामीलार्इ पुँजी वृद्धिकाे कुनै अावश्यकता छैन्, हाम्राे साइजमा हामीले काराेवार गर्दै अाएका छाै‌, केन्द्रिय बै‌कले याेजना नल्याएसम्म हामी पुँजी वृद्धिकाे याेजनामा पनि छैनाै‌‌, स्राेतले जानकारी दियाे । 
बैंकको मूल्य १० प्रतिशतले बढ्दा पनि यो दिन करिब २० हजार कित्ता सेयरको लागि अर्डर रहेको  ब्रोकरहरुले बताएका छन । 
अन्य समूहरुका कम्पनीहरु पनि बजार बढेसंगै बढ्ने परिपाटी हामी रहेकोले पनि समग्र बजारमा सुधार देखिएको मुन्दडाले बताए । 

अर्काेतर्फ असार मसान्त लागेकोले अबको केही महिनामै कम्पनीहरुले लाभांश दिन थाल्ने अपेक्षा लगानीकर्तामा बढेकाले पनि समग्र बजार बढेको उनी बताउछन । 
लगानीकर्ता विमल पाण्डे भने बजारमा अहिले पर्याप्त पूँजी रहेकोले पनि बजार बढेको मान्छन । अहिले मुद्दती निक्षेपमा जम्मा चार, पाँच प्रतिशत व्याज छ तर बजारबाट कम्तिमा पनि १५/२० प्रतिशत प्रतिफल हुने विश्वासमा लगानीकर्ता रहेका छन, उनले भने । 
 
अहिले नया कर्जा समेत नौं प्रतिशत व्याजदरमा पाइरहेको र अहिले लगानीकर्ताहरुले थोरै सेयर बेच्दा पनि पुराना कर्जाको व्याज भुक्तानी दिन सक्ने अवस्था रहेको उनी बताउँछन । अन्यत्र लगानीको अवसर नबनेकोले पनि बजारमा लगानी भित्रिरहेको विश्लेषकहरु बताउँछन । 
बैंकिङ समूहको परिसूचक कारोबारको मध्यसम्म ५० अंकले सम्म बढेको थियो । तर बजार बन्द हुँदा बैंकिङ समूहको वृद्धि ३४.५४ अंकमा सिमित भयो । 
यो दिन करिब ५५ करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेले केही समयदेखि परिक्षण गरिरहेको नौं सय १५ देखि नौं सय १८ को प्रतिरोध भने सहजै पार गरेको छ । 

सौजन्यः बिजमाण्डु

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us