काठ आयातमा करोडौं विदेशिदै

काठमाण्डु टुडे २०७१ असार १ गते ११:२० मा प्रकाशित

ललितपुर, १ असार – कच्चा पदार्थका लागि आवश्यक पर्ने काठ नेपालमै उपलब्ध हुनसक्ने सरोकारवालाहरूले बताएका छन् ।

woodवन पैदावार उद्योग व्यवसायी सङ्घ, ललितपुरको पाँचौँ वार्षिक साधारणसभाका वक्ताहरूले व्यवसायीलाई आवश्यक पर्ने काठ नेपालको वन क्षेत्रमा रहे तापनि नीति नियम नहुँदा बाध्य भई विदेशबाट काठ आयात गर्नुपरेको गुनासो गरे ।

नेपाल वन पैदावर महासङ्घका अध्यक्ष कपिलप्रसाद अधिकारीले व्यवसायीको मागअनुसारका काठ नेपालबाटै सम्भव भए पनि उचित नीति नियम र व्यावहारिक कार्यान्वयनको अभावका कारण व्यवसायीले विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले नेपालमा रहेको प्राकृतिक स्रोत काठको उपयोगमा आएको कमीले विदेशबाट आयात गरिने आल्मुनियम र काठको प्रयोगले रोजगारी घट्दै जानु र व्यवसायी पलायन हुने क्रमसमेत बढेको उल्लेख गरे ।

जिल्ला वन अधिकृत अजितकुमार कर्णले खाली वन क्षेत्रमा थप गर्ने र समय पुगिसकेका काठको ठाउँमा अर्को वृक्षरोपण गरेर व्यवसायीको मागलाई आपूर्ति गर्न सकिने बताए । उनले व्यवसायीको मागलाई थप टेवा पु¥याउन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी जितेन्द्रकुमार श्रेष्ठले मागअनुसारको काठ अभावले यहाँबाट करोडौँ रुपैयाँ विदेशिने गरेको स्मरण गराउँदै यसको रोकथाम हुन सकेमा रोजगारीमा वृद्धि हुनाका साथै विदेशिने रकम रोकिने बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us