बजारमा तिव्र उतारचढाव, नेप्से सुचक तीन अंक घट्यो

काठमाण्डु टुडे २०७१ असार ३ गते ११:३५ मा प्रकाशित
काठमाण्डु, ३ असार– मंगलवार सेयर बजारमा तिव्र उतारचढव भएको छ । वाणिज्य बैंकहरुको चुक्तापूँजी वृद्धि हुने र एक बैंकले नेपाल राष्ट्र बैंकमा यस्तो प्रस्ताव नै लगेको खबरले बजार बढेको थियो ।
nepseतर नेपाल राष्ट्र बैंकले कुनै बैंकले हालसम्म यस्तो प्रस्ताव नपठाएको र आफुले पनि नमागेको मंगलवार विजमाण्डुसंगको कुराकानीमा जानकारी गराएपछि बजार घटेको थियो । 
बजारमा लगानीकर्ताहरु प्रतिफल सुरक्षित गर्न थाले पछि पनि पहिलो सत्रमा १४ अंकसम्म नेप्से घटेको थियो । तर मध्य पछि भने बजार बढ्ने प्रयासमा देखियो । बजारमा तिव्र मोलमोलाई चलेपछि केही लगानीकर्ता मुनाफा सुरक्षित गर्न थाले केही भने होल्ड गर्ने मनस्थितीमा नै रहेका छन ।
बजार बढाउन लगानीकर्ताहरुले नेपाल टेलिकमको सेयर मूल्य बढाउन पनि पछि परेनन् । टेलिकमको सेयर मूल्य १० रुपैयाँसम्म वृद्धि भएको थियो । बजार बन्द हुँदा भने पाँच रुपैयाँले मात्र कम्पनीको सेयर मूल्य बढ्यो ।
टेलिकम बजारमा सूचीकृत कम्पनी मध्ये धेरै कित्ता सेयर हुने कम्पनीमा पर्दछ । कम्पनीको सेयर मूल्यमा हुने तीन रुपैयाँको फरकले पनि नेप्सेलाई एक अंक परिवर्तन हुन्छ । । टेलिकमले आगामी साधारण सभामा ४६ प्रतिशत नगद लाभाँशको प्रस्ताव लैजादै छ तर कम्पनीले जेठ ३० गते बुक क्लोज गरेको छ । 

बैंकिङ समूह घटेको फाइदा बीमाका लगानीकर्ताले पाए । बीमा समूहको परिसूचक यस दिन करिब ५० अंकसम्म बढेको थियो ।

तर बजार बन्द हुँदा भने यस्तो वृद्धि ११ अंकमा सिमित भयो । स्ट्याण्डर्ड चार्टर्ड सहित यसदिन १० वाणिज्य बैंकको मूल्य घटेको छ ।

सात वाणिज्य बैंकको भने मूल्य बढेको छ । नेप्से परिसूचक भने यस दिन ३.३६ अंकले घट्यो । यस दिन ६२ करोड रुपैयाँको कारोबार भएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us