
काठमाण्डु, ३० जेठ –शुक्रवार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले महंगिएको छ । सुन प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधवार तीन सयले मूल्य बढेको सुन बिहीवार भने एक सय रुपैयाँले मूल्य घटेर ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्न थालेपछि भारतमा पनि सुनको मूल्य वृद्धि भइरहेको छ । अमेरिकाको अर्थतन्त्रमा सुधार भइरहेको र इराकमा भड्किएको हिंसाको कारण सुनको मूल्य वृद्धि हुन थालेको त्यहाका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन ।
शुक्रवार करिब १२ बजेर १५ मिनेट जाँदा त्यहा सुनको मूल्य प्रति औंसमा ४८ भारुले बढेर २६ हजार तीन सय ७८ पुगेको थियो ।
नेपाली बजारमा चाँदीको मूल्य पनि तोलामा १३ रुपैयाँले महंगो भएर सात सय ७८ रुपैयाँ पुगेको छ ।