गोक्यो तालमा डुबेका युवकको ९ महिनापछि शव भेटियो

२०७६ जेठ २ गते १३:५५

सोलुखम्बु, २ जेठ – ९ महिनाअघि सोलुखुम्बुको गोक्यो तेश्रो तालमा डुबेर बेपत्ता भएकामध्ये सुनिल बराइलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम...

बिचौलियबाट जनतालाई सास्ती

२०७६ जेठ २ गते १३:४७

जनकपुरधाम, २ जेठ – गाउँका मानिस प्रहरी कहाँ नजाने मानसिकताको फाइदा बिचौलियाले लिने गरेको देखिएको छ । प्रदेश नम्वर २ मा बिचौलिया प्रहरी कार्यालय धाउने प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको नवनिर्मित ब्यारेक भवन उद्घाटन कार्यक्रममा सो जानकारी दिइएको...

जसले मदन भण्डारीको लाश भेट्दा जागिरको आश गरे…

२०७६ जेठ २ गते १३:३०

चितवन, २ जेठ – २०५० साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा मारेर नै हामीहरुको जीवन धान्नुपथ्र्यो । त्यसबेला नारायणीमा एकदमै धेरै...

गोप्य सुरक्षा कारबाहीमा ६ जना तालिबानको ज्यान गयो

२०७६ जेठ २ गते १३:२३

अफगानिस्तान, २ जेठ – अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डरसहित ६ जना लडाकूको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ । मन्त्रालयले दुवै पक्षबीच भिषण गोली...

चट्याङ लागेर २८ वटा भेडा मरे

२०७६ जेठ २ गते १३:१५

लमजुङ, २ जेठ – लमजुङको दूधपोखरी गाउँपालिका–१, मलेया डाँडामा रहेको घुम्ती भेडीगोठका २८ वटा भेडा मरेका छन् । गएको वैशाख २८ गते शनिबार साँझ परेको चट्याङ लागेर भेडीगोठका २८ वटा भेडा मरेको दूधपोखरी गाउँपालिका पशु सेवा शाखाका नायब पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले जानकारी...

सरकारको नियमित पत्रकार सम्मेलन स्थगित

२०७६ जेठ २ गते १३:०४

काठमाण्डु, २ जेठ – सरकारले हरेक बिहीबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर रहेका कारण मन्त्रिपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्वीट...

अदालतलाई नटेर्ने मालपोत अधिकृतलाई पाँच हजार जरिवाना

२०७६ जेठ २ गते १२:५६

काठमाण्डु, २ जेठ – उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विश्वराज मरासिनीलाई ५ हजार जरिवाना तिर्न आदेश गरेको छ । पटक पटक ताकेता गर्दा पनि अदालतको आदेश कार्यान्वयन नगरी मौन बसेको भन्दै बुधबार न्यायाधीश मुहब्बत साविर हुसैन र टेकनारायण कुँवरको इजलासले...

कञ्चनजंघा हिमालमा २ जना भारतीयको मृत्यु, चिलीका आरोही बेपत्ता

२०७६ जेठ २ गते १२:०५

काठमाण्डु, २ जेठ – विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार,...

तराई मुक्ति मोर्चा र सीके राउतसँग असन्तुष्ट पक्षबीच पार्टी एकता

२०७६ जेठ २ गते ११:५८

काठमाण्डु, २ जेठ – स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गरेका डा. सिके राउत खुला राजनीतिमा आएलगत्तै राउत नेतृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा. मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकीकरण गरेको छ । मोर्चाका अध्यक्ष डा.मुक्ति र गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादवले...

झापामा पुटुकी खाने प्रलोभन देखाएर बालिका बलात्कार

२०७६ जेठ २ गते ११:५२

बिर्तामोड, २ जेठ – झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हल्दिबारी– ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले...

गगनसँग प्रधानमन्त्रीले भनेका थिए: नेपालमा संघीयता चल्दैन !

२०७६ जेठ २ गते ११:३९

सुर्खेत, २ जेठ – नेपाली कांग्रेसका नेता गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको आरोप लगाएका छन् । थापाले प्रधानमन्त्री को संज्ञा समेत दिएका छन् । सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताए । ‘नेपालको इतिहासमा...

देवघाट क्षेत्र विकास समितिले किन माग्यो १० करोड बजेट ?

२०७६ जेठ २ गते ११:३२

भरतपुर, २ जेठ – देवघाट क्षेत्र विकास समितिले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि १० करोड ८८ लाख ३० हजार बजेट माग गरेको छ । गुरुयोजनाअनुसार काम गर्न र देवघाटको बृहत्तर विकासका लागि बजेट माग गरिएको देवघाट क्षेत्र विकास समितिले बुधबार भरतपुरमा पत्रकार सम्मेलन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us