
काठमाण्डु, २ जेठ – सरकारले हरेक बिहीबार नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलन आज स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक बाहिर रहेका कारण मन्त्रिपरिषद् बैठक नबसेकाले सरकारले आजको पत्रकार सम्मेलन स्थगित गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ट्वीट गरेर आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका छन् ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेश भ्रमणको कारण अघिल्लो मन्त्रिपरिषद् बैठक नबसेकोले प्रत्येक विहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु’ उनले भनेका छन् ।