ह्वीलचेयर क्रिकेटमा नेपालको लगातार दोस्रो हार

२०७६ जेठ २ गते १७:४१

काठमाण्डु, २ जेठ – एसिया कप ह्वीलचेयर टी–ट्वेन्टी क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भयो । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा अलआउट हुँदै १४८ रन बनाएको थियो । नेपालका...

पेशागत मर्यादाको ख्याल राख्न कर्मचारीलाई श्रममन्त्रीकाे निर्देशन

२०७६ जेठ २ गते १७:२८

काठमाण्डु, २ जेठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् । मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरूलाई सचेत गराए । सार्वजनिक संस्था कर्मचारी...

राष्ट्रपति भण्डारी हजुरआमा बनिन्

२०७६ जेठ २ गते १७:१९

काठमाण्डु, २ जेठ – राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन् । राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुमले जेठ १ गते (बुधबार साँझ) छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन् । अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी किरण यादवका सुपुत्र हुन् । किरण दोस्रो संविधान सभाकी सदस्य थिइन् ।...

आधुनिक अष्ट्रेलिया निर्माताको निधन

२०७६ जेठ २ गते १७:०३

एजेन्सी – अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बब हकको ८९ वर्षमा निधन भएको छ । उनकी श्रीमती तथा बायोग्राफर ब्लान्च डी एल्पुगेट पूर्व प्रधानमन्त्री हकको निधन बिहीबार भएको जानकारी दिइन् । उनी सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री भएका थिए । अष्ट्रेलियामा सबैभन्दा धेरै प्रधानमन्त्रीको...

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

२०७६ जेठ २ गते १६:५४

रुपन्देही, २ जेठ – गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम...

माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रसारण लाइनमा जोडियो

२०७६ जेठ २ गते १६:४८

काठमाण्डु, २ जेठ – माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको विजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बिहीबार आयोजनको पावर हाउस रहेको किस्पाङमा नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘स्वीच अन’ गरेर आयोजनाको विजुली औपचारिक रुपमा राष्ट्रिय ग्राडीमा जोडेका हुन् । आयोजनाबाट शुक्रबार...

स्वाथ्यमन्त्रीको बाचाः स्वास्थ्यमा १० प्रतिशत बजेट पार्न पहल गर्छु

२०७६ जेठ २ गते १६:३५

काठमाण्डु, २ जेठ – उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट पार्न आफूले पहल गरिरहेको बताएका छन् । चालु आर्थिक वर्षमा ४.४ प्रतिशत छुट्टयाइएको जानकारी दिँदै उनले यसलाई बढाएर १० प्रतिशत पुर्याउन पहल गरेको दावी...

जुम्लामा बेरोजगार युवालाई ‘सेक्युरिटी गार्ड’ तालीम

२०७६ जेठ २ गते १६:२३

जुम्ला, २ जेठ – जुम्लाका बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउने उद्देश्यले सुरक्षा तालीम शुरु गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको सहयोग तथा शुभलाभ सेक्युरिटी सर्भिसेज जुम्लाको आयोजनामा बुधबारदेखि सुरक्षागार्डसम्बन्धी एकमहिने तालीम शुरु भएको...

गुण्डाहरुले मलाई मार्छन्, यो पत्रकार सम्मेलन अन्तिम हुनसक्छः सुष्मा महरा

२०७६ जेठ २ गते १६:०७

काठमाण्डु, २ जेठ – द काठमाण्डुमल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष...

नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

२०७६ जेठ २ गते १६:०१

काठमाण्डु २ जेठ – अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभको बिहीबार काठमाण्डुमा उद्घाटन गर्दै उनले सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधार गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत...

परीक्षा स्थगित गर्न लोकसेवालाई केन्द्रको अनुरोध

२०७६ जेठ २ गते १५:५०

काठमाण्डु २ जेठ – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लोकसेवा आयोगलाई परीक्षा स्थगित गर्न अनुरोध गर्दै पत्राचार गरेको छ । केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न वैशाख १३ गते सूचना प्रकाशित गरेको थियो । त्यसको विरोध गर्दै करारमा कार्यरत कर्मचारीहरुले जागिरको सुनिश्चिताको...

तेस्राे जनआन्दोलन चर्काउने चेतावनी

२०७६ जेठ २ गते १५:३४

काठमाण्डु २ जेठ – नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धी विद्येयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो । संगठनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us