पेशागत मर्यादाको ख्याल राख्न कर्मचारीलाई श्रममन्त्रीकाे निर्देशन

काठमाण्डु टुडे २०७६ जेठ २ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, २ जेठ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरूलाई सचेत गराए ।

सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक संस्थानहरूलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण गराए ।

मन्त्री विष्टले कर्मचारीहरूको तलबसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us