सुन्धारामा भयानक दुर्घटना, छोरीको मृत्यु बाबु घाइते

२०७६ जेठ ३ गते १२:३४

काठमाण्डु, ३ जेठ – सुन्धारास्थित काठमाण्डु मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको...

ठोरीमा भारतीयबाट नेपालीमाथि आक्रमण, स्थिती तनावग्रस्त

२०७६ जेठ ३ गते १२:२२

पर्सा, ३ जेठ – पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेका छन् । उक्त घटना पछि सो क्षेत्रमा अहिले स्थिति तनावग्रस्त भएको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार, केही भारतीय...

सञ्चारसम्बन्धी विधेयकबाट पछि हट्यो प्रदेश सरकार

२०७६ जेठ ३ गते १२:०८

जनकपुरधाम, ३ जेठ – प्रदेश २ सरकारले प्रस्तावित सञ्चारसम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्ने भएको छ । विधेयकमा १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखेपछि चौतर्फी विरोध भएको थियो । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले विज्ञप्ति निकालेर सञ्चारसम्बन्धी...

नेतृत्वलाई विद्यार्थी नेताकाे चेतावनी: कार्यकर्ताको हुर्मत लिने काम नगरियोस्

२०७६ जेठ ३ गते १२:०२

काठमाण्डु, ३ जेठ – जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्टि देखिएको छ । आफूलाई विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनिरहेका बेला अनेरास्ववीयूकै अन्य विद्यार्थी नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।...

नेकपा चितवनका अध्यक्ष र सचिवले गरे पदभार ग्रहण

२०७६ जेठ ३ गते ११:४३

चितवन, ३ जेठ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा), चितवनका अध्यक्ष र सचिवले पदभार ग्रहण गरेका छन् । पार्टी कार्यालय मदनपुरमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले पदभार ग्रहण गरेका हुन् । नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, कृष्णप्रसाद खनाल, देवी ज्ञवालीलगायतका...

नुवाकोटमा कुलमान कड्किए, विरोधी पछि हटे

२०७६ जेठ ३ गते ११:३१

काठमाण्डु, ३ जेठ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए । फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए । पहिरेबेसीमा त्रिशुली थ्री ए बी हब सब स्टेशन निर्माण भैरहेको छ । तर पछिल्ला...

दुबईमा विमान दुर्घटना, चार जनाको मृत्यु

२०७६ जेठ ३ गते ११:२४

दुबई, ३ जेठ – दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिणमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यूकेमा दर्ता गरिएको डीए ४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले बताएका छन् । वेस्ट...

अख्तियारको सञ्चार विज्ञमा पत्रकार अधिकारी नियुक्त

२०७६ जेठ ३ गते ११:२०

काठमाण्डु, ३ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नोको सञ्चार विज्ञमा लेखक तथा स्वतन्त्र पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ । जनसम्पर्क तथा सञ्चारलाई अझ फराकिलो बनाउने उद्देश्का साथ अधिकारीलाई सञ्चार विज्ञमा नियुक्त गरेको आयोगले जनाएको छ । अधिकारी दुई दशकदेखि पत्रकारितामा सक्रिय छन्...

जेठ ३ मा मात्रै सम्झिने मदन भण्डारी र दासढुङ्गा घटना

२०७६ जेठ ३ गते ११:१८

भरतपुर, ३ जेठ – आज जेठ ३ गते, मदन–आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । यो...

पर्सामा जब भाईले नै दाईलाई गोली हाने…

२०७६ जेठ ३ गते ११:०५

नवलपरासी, ३ जेठ – पर्साको जिराभवानीपुर गाउँपालिका १ बलुवामा आफ्नै भाइले दाइलाई गोली हानी हत्या गरेका छन् । ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाइ शेष फारुकलाई घरायसी विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । घाइते भएका फारुकको उपचारका लागि काठमाण्डु ल्याउने क्रममा मृत्यु भएको...

बेपत्ता मजदुरको शव ६ दिनपछि भेटियो

२०७६ जेठ ३ गते ११:०२

नवलपरासी, ३ जेठ – पाल्पाको नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता १ मजदुरको शव ६ दिनपछि नवलपरासीमा भेटिएको छ । पाल्पाको रामपुरस्थित कालीगण्डकी कोरिडोरमा कार्यरत मजदुर २० वर्षीय दोषबहादुर तामाङको शव ६ दिनपछि कालीगण्डकी नदीमा फेला परेको हो । दुप्चेश्वर–२, नुवाकोट घर भएका तामाङ...

बेलायती प्रधानमन्त्रीले राजीनामा दिने !

२०७६ जेठ ३ गते १०:५८

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट बेलायत बाहिरिने प्रस्ताव(ब्रेक्जिट)लाई संसद्ले फेरि अस्वीकृत गरे राजीनामा दिने भएकी छन् । यसअघि तीन पटक अस्वीकृत भएको ब्रेक्जिटसम्बन्धी प्रस्तावमा आउँदो जुन महिनाको पहिलो हप्ता हुने मतदानमा पनि अस्वीकृत भए प्रधानमन्त्री मे ले राजीनामा दिने बीबीसीले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us