सुन्धारामा भयानक दुर्घटना, छोरीको मृत्यु बाबु घाइते

काठमाण्डु टुडे २०७६ जेठ ३ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, ३ जेठ – सुन्धारास्थित काठमाण्डु मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भने अर्का एकजना घाइते भएका छन् ।

ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक र घाइते बाबु–छोरी हुन् ।

मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us