बेपत्ता मजदुरको शव ६ दिनपछि भेटियो

काठमाण्डु टुडे २०७६ जेठ ३ गते ११:०२ मा प्रकाशित

नवलपरासी, ३ जेठ – पाल्पाको नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता १ मजदुरको शव ६ दिनपछि नवलपरासीमा भेटिएको छ ।

पाल्पाको रामपुरस्थित कालीगण्डकी कोरिडोरमा कार्यरत मजदुर २० वर्षीय दोषबहादुर तामाङको शव ६ दिनपछि कालीगण्डकी नदीमा फेला परेको हो ।

दुप्चेश्वर–२, नुवाकोट घर भएका तामाङ पाल्पाको रामपुरमा कालीगण्डकी करिडोरमा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय, डेढगाउँका प्रहरी नायव निरीक्षक बाबुराम पुरीका अनुसार तामाङको शव पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–२ नजिकै कालीगण्डकी नदीमा ढुंगामा अड्किरहेको अवस्थामा फेला परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us